झापाकाे वनमा फलफूल, सुगन्धित तेल र रबर खेती

झापा, २४ मंसिर/झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको राजमार्ग उत्तरमा छ, रतुवामाई वृक्षरोपण आयोजना । रतुवा नदी पूर्व र माई नदी पश्चिममा रहेको यो वृक्षरोपण आयोजना २७७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झापामा रहेको यो वृक्षरोपण आयोजना निकै ठूलो आयोजना हो । विगतमा मसला, शाललगायत जातका विरुवा वृक्षरोपण गर्दै आएको यो आयोजनाले पछिल्लो समय जंगलमा फलफूल, सुगन्धित तेल र रबर खेती पनि सुरु गरेको छ ।

आयोजनाले राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिको सहयोगमा आयोजनाको स्थायी स्रोतका लागि जंगलमा फलफूल, अगर हुड (सुगन्धित तेल) र रबर खेती सुरू गरेको आयोजना प्रमुख खेमलाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार १० हेक्टर क्षेत्रफलमा विभिन्न फलफूलका पाँच हजार बिरुवा लगाइएको छ ।

आँप, लिची, कटहर, बडर, कागती, अम्बा लगयतका बिरुवा लगाइएको विश्वकर्माले जानकारी दिए । विरुवाले तीन वर्षभित्रमा फलफूल उत्पादन सुरू गर्ने उनको भनाइ छ । ‘उन्नत जातका बिरुवा लगाइएको छ । यसले तीन वर्षभित्रमा उत्पादन सुरू गर्छ । उत्पादन सुरू भएपछि वृक्षरोपण आयोजनाको कार्यालयलाई यो आम्दानीको स्थायी स्रोत पनि हुन्छ,’ उनले भने, ‘कृषि वनको रूपमा विकास गर्ने योजना पनि सफल हुन्छ ।’ गत वर्ष राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिले ४२ लाख खर्च गरेर फलफूलको बिरुवा रोपेको उनले बताए ।

यस्तै, वनमा रबर र सुगन्धित तेलको पनि वृक्षरोपण पनि गरिएको छ । गरि चार वर्षअघि राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिको सहयोगमा करिब पाँच हजार सुगन्धित तले र २८ सय रबर वृक्षरोपण गरिएको आयोजना प्रमुख विश्वकर्माले जानकारी दिए । रबर र सुगन्धित तेलको वृक्षरोपणका लागि चुरेले करिब ३४ लाख खर्च गरेको थियो ।

रबर र अगर हुडले उत्पादन दिन १० वर्ष लाग्ने विश्वकर्माले जानकारी दिए । सुगन्धित तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा निकै महँगो छ । यसको उत्पादन पनि निकै झन्झटिलो छ । वृक्षरोपणको सात/आठ वर्षपछि यसमा ‘फङ्गस’ लगाएर उत्पादन योग्य बनाउनुपर्ने आयोजना प्रमुख विश्वकर्माले जानकारी दिए ।
वनमा लगाएका फलफूल, रबर र अगर हुडको रेखदेखका लागि चार जना कर्मचारी खटाइएको छ । उनीहरूले २४ घण्टा नै निगरानी गर्ने गरेको विश्वकर्माले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।