दिक्तेलमा मानवअधिकार चोक

खोटाङ, २४ मंसिर /खोटाङको दिक्तेलबजारस्थित जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेटअगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको छ । ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवशरमा शुक्रबार सो स्थानलाई मानव अधिकार चोक घोषणा गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सो चोकलाई मानव अधिकार चोक घोषणा गरेका हुन् । राष्ट्रिय मानवअधिकार प्रदेश १ शाखा कार्यालय दिक्तेलको पहल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्णयअनुसार जलस्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेट अगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको हो ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवशरमा किरातचोकबाट सुरु भएको प्रभातफेरीलाई केहीबेर रोकेर मानवअधिकार चोक घोषणा गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।