बदलासहित सुखद् सुरुवातको दाउमा नेपाल

काठमाडौं, २५ मंसिर /फाइनल खेलमा बंगलोदशसँग १-० अन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय यु-१८ फुटबल टोलीले महिला उमेर समूहको साफ च्याम्पियनसिप उपाधिबाट बञ्चित हुनु परेको थियो । सेमिफाइनलमा चिरपरिचित भारतलाई निर्धारित समय १-१ अन्तरमा रोक्दै र पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनल पुगेको नेपाल उपविजेतामै सीमित भयो ।

यसपछिको संस्करण हुन सकेन । कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको छ । बंगलोदशको ढाकामा आज (शनिबार) बाट सुरू हुने प्रतियोगितामा नेपालले उही फाइनल प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्दै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भुटान र श्रीलंका भिड्दा नेपालले दोस्रो खेलमा आयोजकको सामना गर्नेछ । बीएसएसएस मुस्ताफा कमल मैदानमा हुने खेल नेपाली समयअनुसार शनिबार साँझ पौने ७ बजे सुरु हुनेछ । साविक विजेता बंगलोदशविरुद्ध खेल्दै गर्दा नेपाल बदलाको भावनामा हुनेछ । गत वर्ष फाइनलमा व्यहोरेको हारको बदलासहित नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

हाल राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका ६ खेलाडीको साथ पाएको नेपाल उच्च मनोबलका साथ प्रतियोगितामा होमिएको छ । ६ खेलाडीबाहेक अधिकांश खेलाडी गत वर्ष फाइनल खेलेका खेलाडी टोलीमा छन् । गत महिना भएको उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट स्तरीय खेलाडी पाएको नेपाल प्रतियोगिता हात पार्ने दाउमा छ ।

‘खेलाडीहरूको मनोबल उच्च छ । हामी बंगलोदश र भारतलाई हराउँदै उपाधि जित पार्ने लक्ष्य राखेका छौं’, नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले भने । नेपाली टोली गोलरक्षक अन्जना राना मगरको कप्तानीमा मैदान उत्रनेछ । अन्जनासँगै फरवार्ड रश्मीकुमारी घिसिङ, रजनी थोकर, प्रिती राई, सविता रानामगर र विमला विकले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।

यस्तै डिफेण्डर रोजिना श्रेष्ठ, फरवार्ड अमिशा कार्की, सुस्मा तामाङ जस्ता खेलाडीले गत वर्ष पनि प्रतियाेगिता खेलेका थिए । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र श्रीलंका गरि ५ टोलीको सहभागिता छ । प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।

यु–१९ नेपाली टिम

गोलरक्षक – अन्जना राना मगर (कप्तान), अन्किता राई, सावित्री किसन

डिफेण्डर – मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ

मिडफिल्डर –सुस्मा तामाङ, हिमा रावत, दीपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रिती राई,

फरवार्ड –अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।