सिँचाइ आयोजना बनेपछि किसानलाई सहज

झापा, २५ मंसिर/झापा खेतीका लागि उपयुक्त जिल्ला मानिन्छ । धान खेतीका लागि त झापा प्रदेश १ उत्कृष्ट जिल्ला हो । झापामा वर्षमा दुई बाली धानसँगै अन्य खेती पनि हुने गरेको छ । विगतमा सिँचाइ अभावले हिउँदमा दक्षिणी क्षेत्रका किसानलाई खेतीका लागि निकै समस्या हुने गरेको थियो । तर, जिल्लामा सिँचाइको व्यवस्था क्रमशः हुन थालेपछि किसानलाई खेती गर्न सहज हुँदै गएको छ । वर्षौंदेखि सिँचाइको अभावमा खेती गर्न समस्या भोगिरहेका दक्षिण झापाका किसानहरू सिँचाई सञ्चालनले दुई बादली खेती लगाउन थालेका हुन् । विगत चार वर्षअघिदेखि निर्माण थालिका विभिन्न सिँचाइ योजनाहरू सम्पन्न हुँदै गएपछि विगतमा बाँझै रहेका खेतहरूमा पनि खेती हुन थालेको छ ।

पानीको अभावमा आधा समय बाँझो रहने जमिनमा सिँचाई योजना सञ्चालनमा आएपछि बाह्रै महिना खेती गर्न थालिएको गौरादहका किसान हरि राजवंशीले बताए । ‘पहिला त पानी नभएर कति खेत त बाँझै हुन्थे । तर, अहिले पानी आएपछि सहज भएको छ । खेती गर्न पाएका छौँ,’ उनले भने, ‘अब खेतीबाट पनि केही गर्न सकिन्छ भन्ने आस पलाएको छ ।’

सिँचाइ सुविधा भएपछि कृषकहरूले आकासे पानीको भर पर्नुपर्ने बाध्यता हटेको कृषक विष्णु अधिकारी बताउँछन् । ‘पहिला त हिउँदमा सक्नेले डिप बोरिङ गाडेर खेती गर्थे । नसक्नेले हिउँदमा खेती नै गर्दैन थिए,’ उनी भन्छन्, ‘सिँचाइ आएपछि त १२ महिना नै खेती हुन थालेको छ । गरिब किसानलाई पनि सहज भएको छ ।’जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका अनुसार झापामा ९० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ आवश्यक छ । आर्थिक वर्ष ०७७/०७८ को तथ्यांकअनुसार ५४ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाले जनाएको छ ।

गत वर्ष मात्र एक हजार हेक्टर क्षेत्रफल सिँचित क्षेत्रको रूपमा व्यवस्थित गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिए । संघीयता कार्यान्वयन यता सुरु भएका मुख्य सातवटा सिँचाइ योजनामध्ये चारवटा योजना करिब सम्पन्नको चरणमा पुगेको उनले बताए ।

उनका अनुसार डुडामारी-रामचन्द्रे सिँचाइ योजना, गेउरीया कृषि सुधार सिँचाइ योजना, हल्दिबारीको हर्चना कृषक सिँचाइ कुलो योजना र बुद्धशान्तिको हडिया-फूलवासा सिँचाइ योजनाको भौतिक संरचनाको निर्माणको काम सकिएको छ । अब चाँडै पानी छाडिने उनले बताए । यस्तै, देउनियाँ खोला सिँचाइ योजना, निन्दा-राजपैनी योजना, पालियापूर्व सिँचाइ योजनाको काम धमाधम भइरहेको उनले बताए । राजवंशीका अनुसार यी योजना पनि ५० देखि ७० प्रतिशतसम्म सम्पन्न भएको छ । कोरोना कहरका कारण आधा बजेट कटौती हुँदा कतिपय निर्माणधीन योजनामा प्रभाव परेको सिँचाइले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।