दुई करोड मात्रा खोप लगाइयो

काठमाडौँ, २५ मङ्सिर । नेपालमा कोरोना भाइरसविरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताउनुभयो । उहाँका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ । तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सबभन्दा बढी शुक्रबार खोप लगाएका छन् । उहाँका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ । सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदैछ । यस्तै लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको छ ।

समाजवादका लागि बानी र संस्कारमा परिवर्तन जरुरी छ : अध्यक्ष नेपाल
रुपन्देही, २५ मङ्सिर ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको यात्रामा अगाडि बढाउन सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन आवश्यक रहेकामा जोड दिनुभएको छ ।समाजवादका निम्ति पूर्वाधार निर्माण गर्दै नेपाली समाजको चेतनामा परिवर्तन गरी सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । समाजमा दलाल पूँजीवाद हाबी भएका कारण यसले विकृति र विसङ्गति हुर्काएको उल्लेख गर्दै उहाँले त्यस्ता विकृतिबाट मुक्त भएर जनताका पीडा वेदनाको समाधान गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।समाजवादी प्रेस सङ्गठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजमा विद्यमान जातीय विभेद, महिला हिंसा, अन्याय, अत्याचार तथा उत्पीडनको अन्त्य गरी नागरिकलाई गास, बास र कपासको सुनिश्चितता गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभयो ।

लोकतन्त्रका मूल्यमान्यताको रक्षा गर्दै समाज, राज्य सत्ता र राजनीतिक दलको लोकतान्त्रीकरण गर्नु नै जनताको बहुदलीय जनवाद भएको चर्चा गर्दै उहाँले मदन भण्डारीको यो विचारलाई स्थापित गर्दै पार्टी अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई वैचारिकरुपमा बलियो र गतिविधिका हिसाबले सशक्त बनाएर आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको दिशामा अगाडि बढाउने काम भइरहेको जनाउँदै यसले गुणात्मक उपस्थिति बलियो बनाउने बताउनुभयो ।कम्युनिष्ट पार्टीलाई विसर्जनमा जान नदिनका लागि नयाँ क्रान्तिकारी पार्टीको आवश्यकता देखिएका कारण नै समाजवादी पार्टी गठन गरिएको प्रष्ट पार्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु मिलेर जाने सहमति भएको जानकारी गराउनुभयो । उहाँले मुलुकमा राजतन्त्र फेरि स्थापित हुने कुरा असम्भव रहेको दोहो¥याउँदै इतिहासमा हराएका शक्तिबारे बहस नगर्न आग्रह गर्नुभयो । “अब राजतन्त्रको काम छैन, इतिहासमा समाप्त भइसकेको सामन्तवादलाई फेरि जगाउने काम नगरौँ, अग्रगामी सोँच राखेर अघि बढौँ”, उहाँले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।