अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

कञ्चनपुर, २५ मङ्सिर ।अशक्त अपाङ्गता भएका व्यक्तिको घरदैलोमै पुगेर यहाँ कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।कोरोना प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग परियोजनाअन्तर्गत कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको परियोजना अधिकृत मीन हुडकेले बताउनुभयो ।शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर तथा दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सय अशक्त अपाङ्गता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो । “सम्बन्धित पालिकासँग समन्वय गरी अशक्त ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन गरेका छौँ,” हुडकेले भन्नुभयो, “पालिकाको सहयोगमा तथ्याङ्क लिने कार्यसँगै स्वास्थ्यकर्मीको व्यवस्था र खोपको व्यवस्था गरिएको छ ।”

खोप लगाउने व्यक्तिको पहिचान गरी घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । अशक्त ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति खोप केन्द्रसम्म पुग्न सक्दैनन् । खोपबाट कोही पनि नछुटून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी, औषधिसहितको टोली घरदैलोमै पु¥याउने कार्यका लागि सवारीसाधनको समेत व्यवस्था मिलाएका छौँ ।”पाँच पालिकाका अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई पहिलो चरणको खोप लगाउने कार्य गरिसकिएको उल्लेख गर्दै उहाँले बाँकी भीमदत्त, बेदकोट तथा बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा अभियान सञ्चालनको तयारी भइरहेको बताउनुभयो । अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले अशक्त ज्येष्ठ तथा अपाङ्गता भएका व्यक्तिको पहिचान गरी तथ्याङ्क उपलब्ध गराउन अहम् भूमिका खेलेको उहाँको भनाइ छ ।प्रतिपालिकामा दुई सयजना अशक्त अपाङ्गता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको अधिकृत हुडकेले बताउनुभयो । उहाँका अनुसार अभियानमा प्राविधिक सहयोग सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले उपलब्ध गराएको छ ।

देशभर चिसो बढ्यो
काठमाडौँ, २५ मङ्सिर । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो । न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।