शैक्षिक क्रियाकलाप अवलोकन गर्न खोटाङ पुगे विप्लव

खोटाङ, २६ मंसिर /नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खोटाङमा वैकल्पिक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा-मदन फाउन्डेसनको शैक्षिक क्रियाकलाप अवलोकन गरेका छन् ।

खोटाङ, सोलुखुम्बु र भोजपुरका जिल्ला कमिटी सदस्यलाई आन्तरिक प्रशिक्षण दिन खोटाङ आइपुगेका महासचिव विप्लवले शुभद्रा-मदन फाउन्डेसनमार्फत सञ्चालन भइरहेको शिक्षण सिकाइ क्रियाकलाप अवलोकन गरेका हुन् । विद्यार्थीलाई ‘गरिखान सिकाउने’ प्राक्टिकल शिक्षाको अभ्यास गराउँदै आएको फाउन्डेसनमा विप्लवले दुई दिन बिताएर आइतबार फर्किएका छन् ।

उत्पादनसँग जोडेर जनवादी स्कुल चलाउने अवधारणासहित विप्लवले फाउन्डेसन अवलोकन गरेको कार्यकारी निर्देशक सूर्य राईले बताए । ‘जनवादी स्कुल चलाउने विषयमा प्रचण्ड र बाबुरामसँग उहाँको छलफल नै भएको रहेछ,’ कार्यकारी निर्देशक राईले भने, ‘शिक्षालाई उत्पादनसँग जोडेर केही गरौं भन्ने उहाँको सोच अहिले पनि रहेछ । सोही अनुसार उहाँले फाउन्डेसनको शैक्षिक मोडलको विषयमा अवलोकन गर्नुभएको छ ।’

यी हुन् एमालेका प्रदेश अधिवेशन कमाण्डर
भक्तपुर, २६ मंसिर /नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका चुनावी कमाण्डर मनोनयन गरेको छ । चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको भक्तपुरमा जारी बैठकले ८ माघका लागि तय भएको प्रदेश अधिवेशन गराउने प्रयोजनका लागि चुनावी कमाण्डरको मनोनयन गरेको हो ।

केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव रहने तय भएको छ । एमालेले सात वटा प्रदेश र उपत्यका विशेष कमिटीका लागि पदाधिकारी मनोनयन गरेको छ ।

यस्ता छन् कमाण्डर

प्रदेश १

अध्यक्ष – तुलसी न्यौपाने
उपाध्यक्ष – टिका चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा

प्रदेश २

अध्यक्ष – राम अवतार यादव
उपाध्यक्ष – रेवती पन्त
सचिव – डा. कृष्ण पौडेल
सहसचिव – फर्मुद नदाब
सहसचिव – आरती भण्डारी

बागमती प्रदेश

अध्यक्ष – केशव पाण्डे
उपाध्यक्ष – रामहरी सुवेदी
सविच – विजय सुवेदी
सहसचिव – रत्न गुरुङ
सहसचिव – महेश बर्तौला

गण्डकी प्रदेश

अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव – धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मी आचार्य

लुम्बिनी प्रदेश

अध्यक्ष – राधाकृष्ण कँडेल
उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
सचिव – लक्ष्मण आचार्य
सहसचिव – लीला राना
सहसचिव – दुर्गा थारु

कर्णाली प्रदेश

अध्यक्ष– विनोद शाह
उपाध्यक्ष – लालबहादुर महतारा
सचिव – कमल शाही
सहसचिव– रुपा शाही
सहसचिव– टेकराज पछाइ

सुदूरपश्चिम प्रदेश

अध्यक्ष–दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सिना
सचिव – धर्मराज पाठक
सहसचिव– बलदेव रेग्मी
सहसचिव– भागिरथी विष्ट

उपत्यका विशेष

अध्यक्ष–प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की
सचिव – समिर नेपाल
सहसचिव–उर्मिला सुनुवार
सहसचिव–चन्द्र रिजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।