प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण,१ को मृ त्यु

विराटनगर, २६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, लेटाङ, बेलबारी र उर्लाबारीमा १–१, झापाको दमक र विर्तामोडमा २–२, बुद्धशान्ति र मेचीनगरमा १–१, सुनसरीको दुहवी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पौडी टोली आबुधाबी जाँदै
काठमाडौं, २६ मंसिर/१५औँ विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ ।१५ देखि २१ डिसेम्बरसम्म हुने प्रतियोगितामा समान २-२ पुरुष र महिला गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको २०० मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र एक सय फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नेछन् ।

महिलाको ५० र १०० मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउने छन् । अमेरिकामा रहेका एलेक्स त्यतैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।

प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले नयाँ उपलब्धी हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न बताउँदै खेलाडीले व्यवस्थापनमा नभई आफ्नो खेल र प्रशिक्षणतिर मात्र ध्यान दिन आवश्यक रहेको बताए । उनले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।