पाख्रीबासमा संचालित खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधि बाह्रविसे संखुवासभालाई
धनकुटा । ग्रीन ईन्टिरनेश्नल क्लव धनकुटा शाखाको आयोजनामा धनकुटाको पाख्रीवास ५ घोर्लिखर्क मगर गाउँमा सञ्चालित खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको जित बाह्रविसे संखुवासभाले हात पारेको छ ।
हतुवागढी भोजपुर सँग पाईनलमा भिडेको बाह्रबिसे संखुवासभाले सोझो सेटमा जित निकाल्दै विजयी बनेको हो । जित संगै उसले ५१ हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता हतुवागढी भोजपुरले नगद २१ हजार सहित, ट्रफी, मेडल प्रमाणपत्र पाएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।
खेलको अन्तिमदिन बेलुकी राष्ट्रिय कलाकार सुबि राई र धरानका कलाकारहरूद्वारा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको आयोजक टिमका सदस्य विश्वजित देउजाले जानकारी दिनुभयो ।
दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम
खोटाङ, डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल आइएमई बैंकले दिक्तेलबजारमा वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने/गराउने लक्ष्यका साथ बैंकले आइतबार जिल्ला समन्वय समितिको सभाहलमा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरेको हो ।
डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहन गर्दै सेवाग्राहीलाई सरल र सहज तरिकाले बैंकिङ कारोबार गर्न अभ्यस्त बलाउने लक्ष्यका साथ डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको ग्लोबल आइएमई बैंकका प्रदेश नम्बर १ का प्रमुख सुवास सापकोटाले बताए ।
कार्यक्रममा सहभागीलाई मोबाइल सेटबाटै डिजिटल बैंकिङको प्रयोग, डिजिटल बैंकिङ सेवा लिने विधि, फाइदा तथा यसको सुरक्षाका बारेमा जानकारी दिइएको छ । डिजिटल वित्तीय चेतना तथा पहुँचलाई स्थानीय स्तरसम्म पुर्याएर घरैमा बसी–बसी बैंकिङ कारोबार गर्ने वातावरण बनाउनका लागि वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरिएको ग्लोबल आइएमई बैंकका डिजिटल बैंकिङ डिपार्टमेन्टका अफिसर विजय सापकोटाले बताए ।
कार्यक्रममा सो बैंकका मार्केटिङ डिपार्टमेन्टका रिलेसनसीप अफिसर दीप्ति ढुंगेलले डिजिटल बैंकिङ अनिवार्य रूपमा लागू हुँदै गएकाले यसको प्रयोग गर्ने विधिका बारेमा सबैले जानकारी राख्नुपर्ने समय आएको बताएकी छन् ।


