समाजवादी विद्यार्थी युनियन प्रदेश १ अध्यक्षमा खम्बु

खोटाङ, २७ मंसिर /जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन प्रदेश १ को अध्यक्षमा खोटाङका रबिन खम्बु चयन भएका छन् । समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको प्रदेश कमिटी समायोजनको घोषणासँगै बनेको समाजवादी विद्यार्थी युनियनको प्रदेश अध्यक्षमा खम्बु चयन भएका हुन् ।

इटहरीस्थित जनता समाजवादी पार्टीको कार्यालयमा समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजनको घोषणासँगै समाजवादी विद्यार्थी युनियनको ५९ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।

समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा अरविन्द्र मण्डल, उपाध्यक्षहरुमा वरदान भरत राई, पवन राई, प्रज्ञा इजम लिम्बू, चन्द्र किराती, मिलन कोयी राई, टिएन सुब्बा र मिथिलेश यादव छन् । मुख्य सचिवमा कृष्ण गिरी चयन भएको समाजवादी विद्यार्थी युनियनले जनाएको छ ।

सचिवमा मनोज यादव, परमेश्वर यादव, योगेन्द्र राई र सुवास राई तथा कोषाध्यक्षमा फुलन मण्डल चयन भएका छन् । खम्बू समाजवादी विद्यार्थी फोरम र गिरी नयाँ शक्ति विद्यार्थी युनियनबाट क्रमशः अध्यक्ष र बरिष्ठ उपाध्यक्ष बनाइएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।