सडकमा धुलो उडेपछि स्थानीयले गरे सडक अवरुद्ध

झापा, २७ मंसिर /निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै कनकाई नगरपालिका र झापा गाउँपालिका जोड्ने अमरपथ मार्ग स्थानीयले अवरुद्ध गरेका छन् । सडक निर्माणमा ढिलाइ हुँदा अत्याधिक धुलो उडेको भन्दै झापा-६ स्थित शरणामतीका स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका हुन् । यो सडक प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको छ । पूर्वाधार विकास कार्यालय झापाले ५७ करोड रुपैयाँमा चुवी-रोषन-मैनाचुली जेभीलाई ठेक्का दिएको थियो ।

२०७६ भदौमा चार वर्षमा काम सक्ने गरी यो सडक निर्माणको ठेक्का लागेको थियो । उक्त निर्माण कम्पनीले अर्कै निर्माण व्यवसायीलाई पेटी ठेक्का दिएपछि निर्माणमा ढिलाइ भएको स्थानीयको बुझाइ छ । सडकको उत्तरी भाग अर्थात् कनकाई नगरपालिकातर्फ धामधम काम भएको तर झापातर्फ कामै नभएको भन्दै स्थानीयले विरोध स्वरूप सडक बन्द गर्नुपरेको स्थानीय लोकबहादुर कार्कीले बताए ।

‘हामीले सबै दिन धुलो खानुपर्ने ? हामीलाई किन ढाँट्नु,’ उनले भने, ‘काम गरेनन् । त्यही भएर हामीले सडक अवरुद्ध गरेका हौँ ।’ स्थानीयले वडाकार्यालयमा निवेदन दिँदा पनि बेवास्ता गरेका कारण सडक अवरुद्ध गर्नुपरेको उनी बताउँछन् । स्थानीयले सडकमा ढाट लगाएर सडक अवरुद्ध गरेका छन् । जसका कारण झापा गाउँपालिका जाने ठूला सवारी बाटोमा लामवद्ध भएका छन् ।

आइतबारबाट गरिएको यो आन्दोलनले राष्ट्रिय राजमार्ग हुलाकी राजमार्गको निर्माण कार्यमा समेत असर परेको छ । स्थानीयको अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको सामग्री लिएर गएका ट्रिपर पनि बाटोमा रोकिएका छन् । स्थानीयले निर्माण सामग्री ढुवानीको हकमा सोमबार दिनभरको अवस्था हेर्ने र वार्ता भएर सकारात्मक भएमा मात्र सवारी चल्न दिने बताएका छन् । स्थानीयको पहलमा सोमबार वडाध्यक्षसहित बसेको छलफलले वडाध्यक्षलाई वार्ताको पहल गर्न आग्रह गरेका छन् ।

झापा गाउँपालिका-६ का वडाध्यक्ष हरिबहादुर बानियाँले जनताको जनताले गरेको आन्दोलनबारे सम्बन्धित निकायमा जानकारी गराएको बताए । तर, सम्बिन्धत निकायबाट माग सम्बोधनमा ध्यान नदिइएको उनले बताए । स्थानीयले केही दिनअघि दिएको ज्ञापनपत्र सबै ठाउँमा पठाउँदा पनि बेवास्ता गरेका कारण यो अवस्था आएको उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।