प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २८ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, झापाको दमक र भद्रपुरमा २–२ र विर्तामोडमा १, सुनसरीको इटहरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र १६ पुरुष रहेका छन् ।

प्रदेश १ मा हाल सम्म पीसीआर र एन्टिजेन दुवैगरि २ लाख ७३ हजार ४५५ जनामा कोरोनामा कोरोना संक्रमण भएको छ । संक्रिय संक्रमितको संख्या ११७ रहेको छ । कोरोना संक्रमण भएर हालसम्म २ हजार १८७ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा ७५१ महिला र १४३६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शेरबहादुरलाई भोट माग्दै प्रकाशमान
काठमाडौं, २८ मंसिर /नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन् ।

अहिले मतदान चलिरहँदा मतदानस्थलमा प्रकाशमानले शेरबहादुरलाई भोट मागिरहेका छन् । सोमबार आफूलाई सभापतिमा निर्वाचित गर्न भन्दै भोट मागेका प्रकाशमानले मंगलबार देउवालाई जिताउन भोट मागेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।