सरकारले माग्यो १५४७ मावि शिक्षक, चैतमा परीक्षा

काठमाडौं, २९ मंसिर/सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखासत आह्वान गरेको हो ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका शिक्षक भर्ना गर्न लागिएको हो ।

१ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघ ६ सम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ । आगामी चैत १५ गते सञ्चालन हुने परीक्षाको लागि आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको छ ।

वेस्ट इन्डिजविरुद्ध पाकिस्तानलाई टी-२० शृंखला
काठमाडौं, २९ मंसिर /भ्रमणकारी टोली वेस्ट इन्डिजलाई दोस्रो टी-२० क्रिकेटमा पराजित गर्दै घरेलु टोली पाकिस्तानले शृंखलामा कब्जा जमाएको छ ।
मंगलबार कराँचीमा भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको हो । यससँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २–० अन्तरले आफ्नो पक्षमा पारेको हो ।

पाकिस्तानले दिएको १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १६३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि ब्राण्डन किङले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।पाकिस्तानका इफ्तिखर अहमेदले सर्वाधिक ३२ रन जोड्दा हेइदर अलीले ३१ रनको योगदान गरे । वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए ।यस अघि पहिलो खेल पाकिस्तानले ६३ रनले जितेको थियो । दुई टोलीबीचको अन्तिम टी–२० खेल भोलि बिहीबार हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।