बगरमा ‘पैसा’ रोप्दै किसान

झापा, २९ मंसिर /मोरङ विराटनगरका मेघराज चौधरी ६ महिना मजदुरी गर्छन् । ६ महिना कमाएको पैसा उनी ‘बगर’मा रोप्छन् । अर्थात् ६ महिना कमाएको पैसाले उनी बगरमा खरबुजा खेती गर्छन् । यसरी खरबुजा खेती गरेको पाँच वर्ष भयो । त्यसका लागि उनी खोजको बगर खोज्दै झापासम्म आइपुग्छन् । झापाकै ठूलो माई नदीमा बर्खामा आउने बाढीले धेरै बगर क्षेत्र बनाइदिन्छ ।

त्यही बगरमा उनी खरबुजा रोप्छन् । यसरी झापामा आएर बगरमा खरबुजा खेती गर्न थालेको ६ वर्ष भयो । यसपटक उनले उनी गौरीगञ्ज-२ स्थित भाकुरमारमा माई नदीको बगरमा खरबुजा रोप्दैछन् । उनी मात्र हैन विराटनगरका पाँच जना युवाले समूह बनाएर बगर भाडामा लिएर खरबुजा रोपिरहेका छन् । माई नदीले अधिकांशको नम्बरी जग्गामालाई बगर बनाएको छ । त्यही बगर उनीहरूले भाडामा लिएर खेती गर्दै गर्दै आएका छन् । ‘पहिला यहाँभन्दा माथि खेती गर्थ्याैँ । अहिले यता तल खेती गर्न आएका छौँ । मंसिरदेखि जेठसम्म ६ महिना त यहीँ बसेर खेती गर्छौँ,’ महेशलाल भन्छन्, ‘बगरको ६ महिनाका लागि आठ हजार भाडा तिरेका छौँ ।’

उनीहरू मंसिरदेखि जेठसम्म ६ महिना बगरमै टहरा बनाएर बस्छन् । नदीको किनारामा रहेको बालुवामा ‘पैसा’ रोपेर ‘सुन’ फलाउने कोसिस गर्छन् । अहिले उनीहरूलाई खरबुजा रोप्न भ्याइनभ्याइ छ । अहिले माई, मेची, बिरिङजस्ता ठूला नदीमा जाने हो भने खरबुजा खेती गर्ने बालुवामा मल लगाइरहेको भेटिन्छन् ।

खरबुजा खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनीहरू बताउँछन् । यद्यपि ६ महिना मजदुरी गरेर कमाएको पैसाले उनीहरूलाई खेती गर्न पुग्दैन । ऋण गरेर खेती गर्ने गरेको युवा राजु चौधरी बताउँछन् । ‘६ महिना मजदुर गरेर कमाएकोले त कहाँ पुग्छ र ? चार हजार बोट खर्बुजा रोप्न तीन लाख जस्तो लाग्छ । बाँकी ऋण गरेर रोप्छौँ,’ उनी भन्छन्, ‘जेठसम्ममा खरबुजा बेच्नका लागि तयार हुन्छ । तर, त्यो भन्दा अघि बाढी आयो भने त सबै बगाएर लैजान्छ ।’

बगरमै भए पनि खेती गर्न सके राम्रो आम्दानी हुने बताउँछन्, कृषक सतिस कुमार । करिब चार हजार खरबुजा रोप्न तीन लाख खर्च लाग्ने उनी बताउँछन् । खरबुजाको बीउ नै महँगो भएको सतिसको भनाइ छ । उनीहरू खरबुजाको बीउ नजिकको भारतीय बजारबाट ल्याउँछन् । तीन हजार बीउका लागि करिब २० हजार भारु पर्ने सतिसले बताए । ‘गर्न सक्दा त राम्रो कमाई हुन्छ । हामीले जति लगानी गरेको हुन्छ । त्यसको दोब्बर कमाई हुन्छ,’ उनी भन्छन्, ‘तर मिहिनेत धेरै गर्नुपर्छ । आफ्नै पैसा हुने भए त राम्रो कमाई हुने थियो । तर, ऋणमा ल्याएर खेती गर्छौँ । ब्याज पनि तिर्नुपर्छ । हामीलाई त थोरै मात्र बँच्छ ।’

मोरङ नदीमा बगर खरबुजाका लागि पहिल्यै ‘बुक’ हुन्छ । झापाका दक्षिणी क्षेत्रका नदी बगरमा स्थानीयले खासै खेती गर्दैनन् । त्यसकारण उनीहरू बिराटनगरबाट यहाँसम्म खेती गर्न आएको बताउँछन् । ठूलो परिणाममा खरबुजा लगाउने उनीहरूले काँक्रा पनि बगरमा लगाउँछन् । बजारसम्म पुर्‍याउन सके राम्रो आम्दानी हुने उनी बताउँछन् ।

बगर खेतीमा मिहिनेतसँगै जोखिम पनि उस्तै छ । गत वर्ष कोरोना महामारीका कारण ऋण गरेर बगर खेती गर्ने कृषकले घाटा व्यहोर्नुपर्‍यो । महामारीका कारण यातायात र बजार ठप्प हुँदा खरबुजा र काँक्राले बजार पाउन सकेन । जसका कारण कतिपयको काँक्रा र खरबुजा खेतीमै कुहिएको थियो । कतिपय कृषकले गत वर्षको ऋण तिर्न यसपकट सकिन्छ कि भन्ने आस गरेका छन् । ‘पोहोर त भनेको बेलामा बिकेन । ऋण लागेको छ । यसपटक त्यो ऋण पनि तिर्न सकिन्छ कि भन्ने आस लागेको छ,’ बगर खेती गर्दै आएका कृषक नन्दन कुमार भन्छन्, ‘यसपटक पनि पोहोरको जस्तो भयो भने त हामी डुब्छौँ । अब ऋण तिर्न विदेश जानुपर्ने अवस्था आउँछ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।