ताप्लेजुङमा एक वर्षमा २३ वटा मानवअधिकार उल्घंन
ताप्लेजुङ, २९ मंसिर/ताप्लेजुङमा पछिल्लाे एक वर्षमा २३ वटा मानवअधिकार उल्घंनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व वार्षिक समीक्षा गर्ने क्रममा सन् २०२१ मा २३ वटा मानवअधिकार उल्घंनका घटना भएकाे जनाएकाे हाे ।
इन्सेकले अभिलेख गरेकाे घटनामध्ये ब ला त्का रका १० वटा, ब ला त्का र प्रयासकाे दुई वटा, ग र्भपतनकाे एक वटा, बाल यौ न दु र्व्य वहारकाे एक वटा, ह त्याकाे एक वटा, नवजात शि शु ह त्याकाे एक वटा, अप हरण शरीर ब न्धक तथा ब ला त्का रकाे एक वट, ग र्भपतनगरी ह त्या एक वटा, गर्भ संरक्षण कसुरकाे एक वट, कर्मचारीमाथि अ भद्र व्यवहार एक वटा, मजदुर ह त्या तथा बाल विवाहका दुई वटा गरी २३ घटना सार्वजनिक गरेको छ ।
ब ला त्का रपछि ग र्भवती बनेकी १३ वर्षीया एक बा लिका र १४ वर्षीया दुई जना गरी तीन जना बालिकाको भविष्य अन्धकार झैँ बनेको भन्दै इन्सेकले सरोकारवालाको ध्यानआकर्षण गराएको छ । बालिका बलात्कारका आ रोपित दुई जना पक्राउ परेर कानुनी प्रक्रिया जारी छ भने एक जना अझै फरार छन् ।
यसैबीच इन्सेकले फक्ताङलुङ गाउँपालिका-४ इखाबुका २१ वर्षीय सरोज काम्बाङ लिम्बु उपचार अभावमा आठ महिनादेखि साङ्लोमा बाँधिनुपरेको भन्दै मानवीय नाताले पनि उद्धार गरि उपचार हुनुपर्ने माग गरेकाे छ । इन्सेक प्रतिनिधिले भने, ‘परिवारले पाँच लाख जति ऋण गरेर उपचार गर्यो । अब परिवारबाट सम्भव छैन् ।’ गरिब परिवारको उपचार गर्नु राज्यको दायित्व भएकाले सरोजको उपचारमा ढिलासुस्ती नगर्न आग्रह गरेको छ ।


