गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान

ईश्वर तामाङ/उदयपुर, १ पुस ।उदयपुर र खोटाङ सदरमुकाम जोड्ने गाईघाट-दिक्तेल सडकअन्तर्गत सुनकोसीको फोक्सिनटारमा एकै वर्ष सातौँ पटक बेलिब्रिज जडान गरिएको छ । पछिल्लाे पटक बिहीवार बेलीब्रिज जडान गरिएकाे हाे । सगरमाथा लोकमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिनटार जोड्ने सुनकोसीस्थित फोक्सिङ्टारमा बेलीब्रिज राखिएकाे हाे ।

गाईघाट-दिक्तेल सडक योजनाबाट करिब ७८ लाख रुपैयाँमा रेग्मी निर्माण सेवा गाईघाटले बेलीब्रिज जडान गर्ने जिम्मा लिएको थियो । सुनकोसी नदीमा पानीको बहाव घटेसँगै हिउँदभर संचालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङ्टारमा ५० मिटर लम्बाई भएको अस्थायी बेलीब्रिज जडान गरिएको हो । खोटाङलाई तराईसँग सिधा यातायातको पहुँच पुर्याउन सात वर्षदेखि फोक्सिनटारमा बेलीब्रिज जडान हुँदै आएको छ ।

गाईघाटबाट १३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङ्टारमा बेलीब्रिज संचालनमा आएसँगै दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगरलगायतका शहर जाने सिधा र छोटो बाटो खुलेको हो । फोक्सिङ्टारमा बेलीब्रिज नहुँदा खोटाङबाट घुर्मी–कटारी हुँदै तराई झर्नु पर्ने बाध्यता थियो ।

समयमा पक्की पुल निर्माण हुन सक्दा फोक्सिङ्टारमा बेलीब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारले अहिलेसम्म पाँच करोडभन्दा बढी खर्च भइसकेको छ ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण सुरु गरेको गाईघाट–दिक्तेल सडक योजनाले अहिले गाईघाट दिक्तेल सडक निर्माण गरि सकेको छ । सडक निर्माण भएको २७ वर्ष भए पनि पुल नबन्दा गाईघाट दिक्तेल धुले सडक सिधा यातायात सञ्चालन हुने सकेको छैन । समयमा पक्की पुल निर्माण हुन नसक्दा सुनकोसीमा पानीको बहाव घटेपछि लगाइने र बर्खायाम सुरू भएपछि झिक्ने बेलिब्रिजले हिउँदमा मात्र सिधा यतातयात सञ्चालन हुन्छ । उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङको सदरमुकाम दिक्तेलसम्म बेलीब्रिज जडानपछि पाँच महिनाका लागि यातायात सञ्चालन हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।