सुनसरीको होटलमा यस्तो कार्य,२ पक्राउ

सुनसरी, पौष १ । सुनसरीको इटहरी उप-महानगपालिका-९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बे श्या बृ त्ति गराउने कार्यामा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी-४ का ३६ बर्षिय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका-५ का २० बर्षिय मिनराज पराजुली रहेका छन् ।

मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बे श्याबृ त्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ ।

बे श्याबृ त्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई सम्मानित जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापा को हुन् ?
काठमाडौं, १ पुस/नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन् । १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका हुन् ।

थापाको संक्षिप्त जीवनी :

युवा नेता गगन थापाको जन्म विस ४ साउन २०३३ सालमा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाका छोरा थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका दुई छोरी छन् ।

२०४६ सालको जनआन्दोलनदेखि विद्यार्थीकालमै राजनीति सुरु गरेका थापा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए । २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बने । २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बने । २०५९-२०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भए । जनआन्दोलन २०६२-०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरे पनि सम्मानजनक मत प्राप्त गरेका थापालाई महाधिवेशन सकिएलगत्तै केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।

उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भए । २०७३ छोटो कार्यकालका लागि स्वास्थ्य मन्त्री भएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गरेका थिए । २०७१ मा उनी संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए । दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक पटक जेल परेका छन् । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थापा २०७४ सालको चुनावमा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिल्यै घच्घच्याउने काम उनले गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।