प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे तयारी अन्तिम चरणमा

मोहन जोशी/धनगढी, १ पुस ।प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता धनगढीमा सञ्चालन हुने भएको छ ।

३ पुसदेखि धनगढी–३ मा रहेको फाप्ला क्रिकेट मैदानमा राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिने क्यान सुदूरपश्चिम प्रदेशले जानकारी दिएको छ । प्रतियोगिता सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि रेग्मीले बताए ।

अध्यक्ष रेग्मीका अनुसार प्रतियोगिता सञ्चालनका लागि मूल आयोजक समिति तथा उपसमिति गठन गरिएका छन् । प्रतियोगितमा सात वटै प्रदेशबाट एक एक टोली र विभागीय एपीएफको टोली गरी आठ टिमको सहभागिता रहने अध्यक्ष रेग्मीले बताए ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले दुई हजार, प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले दुई हजार पाँच सय, तथा उत्कृष्ट बलर र ब्याट्सम्यान्ले १५/१५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।