साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

काठमाडौँ, २ पुस । उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।भूटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भूटानविरुद्धको खेल जित्नैपर्ने छ । जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो।

भूटानले तीन खेलबाट ३ अङ्क जोडेको छ । चौथो स्थानमा रहेको भूटानले पहिलो खेलमा श्रीलङ्कलाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बङ्गलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । भारत दुई खेलमा जित हासिल गर्दै ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेल खेलको बङ्गलादेश चार अङ्कका साथ दोस्रो स्थानमा छ भने पाँचाँैमा स्थानमा रहेको श्रीलङ्का लगातार तीन खेलमा हार बेहोर्दै अङ्कविहीन छ । श्रीलङ्का उपाधि होडबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट
बैतडी, २ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो । छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दिपा जोरा, विमला भट्ट, कविता कुँवर, रुवी पोदार, लक्ष्मी साउँद, इश्वरी विष्ट, शोभा रोकाया, दिव्या कार्की, सङ्गीता मौनी र सम्झना खड्का छन् । यस्तै रेवती धामी, मनिषा चौधरी, भावना जोशी र सपना तामाङ वैकल्पिक खेलाडीका रुपमा रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

हालै सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको उहाँले बताउनुभयो । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । उक्त प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश नं १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश तथा समूह ‘बि’ मा एपिएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं २ रहेका छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख, वुमन अफ दि सिरिजले रु २५ हजार, उत्कृष्ट बलरले रु १५ हजार, उत्कृष्ट ब्याटस्वुमनले रु १५ हजार तथा वुमन अफ दि म्याचले रु दुई हजार पुरस्कार प्राप्त गर्ने छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।