चितवन मेडिकल कलेजले कपाल रोप्न किस्ताबन्दीमा ऋण दिने

चितवन – उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भने कपाल रोप्न ऋण उपलब्ध गराउने भएकाे छ । अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो । अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो ।

अस्पतालभित्रै यसकाे काउन्टर रहेको छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताउनुभयो । बैंकले २५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म यस्तो ऋण धितोविना नै शून्य ब्याजदरमा उपलब्ध गराउने उहाँको भनाइ छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।

उहाँले लक्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको जानकारी दिनुभयो । सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिने जनाइएको छ। व्यवस्थापन विभाग अर्यालले भन्नुभयो, ‘बैंक धाइरहनुपर्ने झन्झट हुँदैन, हामीले सहजीकरण गरिदिन्छौँ ।’ चितवनमा पहिलो पटक यो सुविधा दिइएको जनाइएको छ ।अस्पतालको डर्माटोलोजी विभागमा कपाल प्रत्यारोपणका साथै अनुहारको चाउरीपन हटाउने, छालामा चमक ल्याउने, चाया, पोतो हटाउने, डण्डीफोरलगायतका दाग, धब्बा हटाउने सेवा छन् । यी सबै सेवाको शुल्क किस्ताबन्दीमा तिर्न मिल्ने उहाँ बताउनुहुन्छ ।

अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट एण्ड हेयर ट्रान्सप्लान्ट सर्जन डा. श्रद्धा उप्रेती पछिल्लो आधुनिक प्रविधिमार्फत कपाल प्रत्यारोपण गरिँदै आएको जनाइएको छ । उहाँले भन्नुभयो ‘कपाल भएको ठाउँबाट जरासहित निकालेर नभएको ठाउँमा प्रत्यारोपण (रोप्ने) गरिन्छ । पुरुषमा तालु खुइलिने समस्या हुन्छ । यस्तोमा टाउकाको पछाडिको भाग, साइडको भाग, दाह्री अनि छातीको कपाल जुन कहिल्यै झर्दैन, यस्ता भागकाे कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्छौँ ।’ यसरी कपाल रोप्दा ठूलो साइडइफेक्ट नहुने उप्रेतीले दाबी गर्नुभयो ।

लडेर, पोलेर वा दुर्घ टनाबाट कुनै खत बसेको छ भने पनि त्यस्तो ठाउँमा कपाल रोप्न सकिने र आइब्रो पातला भएका महिलाले आइब्रोमा कपाल प्रत्यारोपण गर्न सक्ने उहाँको भनाइ छ ।प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न सुरु हुने जनाइएको छ । उहाँले भन्नुभयो, ‘पाँच महिनापछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्षभित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरे पनि फेरि पलाइरहन्छ।’

अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा डा. हरिश्चन्द्र न्यौपानेले यो सुविधा किस्ताबन्दीमा सुरु गरेसँगै एकैपटकमा शुल्क तिर्न नसक्नेलाई सहज हुने बताउनुभयो । सेवाग्राहीका लागि कसरी सहज सेवा दिन सकिन्छ भन्ने विषयमा अस्पताल सधैँ लागि परेको उहाँको भनाइ छ । यो मेडिकल कलेज धेरै बिरामीको उपचार गर्नेमध्येमा पर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।