इलामकै पहिलो आँखा अस्पताल सञ्चालनमा

इलाम, ७ पुस/इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसंगै सेवा सुरु भएको हो ।जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ । इलाममा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ ।

अस्पताल निर्माण सुरु भएको आठ महिनाको अवधिमा सेवा सुरु भएको हो । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालू आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकममध्ये ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगतमा र चार लाख ६५ हजार रुपैयाँ सञ्चालनमा खर्च भएको आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष विद्या सापकोटाले जानकारी दिइन् ।

नगरपालिकाले सिहबाहिनी खोल्सीलाई व्यवस्थित गरेर निस्किएको ठाउँमा आँखा अस्पतालका लागि भवन निर्माण गरेको छ । सामुदायिक आँखा अस्पतालका लागि हाल ६ कोठा भएको एकतले भवन निर्माण गरिएको छ । आँखा अस्पतालको लागि आवश्यक भवन बनाउनसमेत जग्गाको ब्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

‘रत्न वान्तवाको समाधिस्थलभन्दा माथि र निर्माणाधिन जनकदेव चोकभन्दा मुनिको जग्गा यो आँखा अस्पतालको लागि छुट्याएका छौ’, नगर प्रमुख बस्नेतले भने, ‘अस्पतालाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्न यो जग्गा पर्याप्त नै हुन्छ ।’ प्रमुख बस्नेतले नगरपालिकाले छुट्याएकोमध्येबाट बचेको रकमसमेत आँखा अस्पतालको भौतिक र गुणस्तर वृद्धिका लागि खर्चिने जानकारी दिए ।

नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र ब्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको छ । कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालन समिति गठन हुने व्यवस्था गरेको छ । सोही कार्यविधिकै आधारमा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरिएको अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष सुशीला नेम्बाङले जानकारी दिइन् । ‘इलाममा आँखा अस्पताल टिकाउन निकै चुनौती छ’, उपप्रमुख नेम्वाङले भनिन्,‘हामी बढी कसरत गरेर भए पनि गुणस्तरीय सेवा दिने पक्षमा छौ ।’

सामुदायिक आँखा अस्पतालमा अहिले शल्याक्रियाबाहेकको सेवा उपलब्ध छ । आखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउने लगायतको सेवा दिइनेछ । सामुदायिक आँखा अस्पतालमा सातौ तहको एकजना नेत्र विषेशज्ञ, पाँचौ तहको एकजना नेत्र सहायक, एकजना फार्मेसिष्ट र एकजना चस्मा बनाउने प्राविधिक कार्यरत छन् ।

सामुदायिक आँखा अस्पतालले अहिले विर्तामोड आँखा अस्पतालसंग सहकार्य गर्ने भएको छ । आखा अस्पतालको सहकार्यमा समय समयमा शल्यक्रियाको समेत सुविधा दिइने नगरपालिका प्रमुख महेश बस्नेतले बताए । ‘शल्याक्रिया गर्नुपर्ने बिरामीको स्क्रिनिङ गरेर निश्चित समयमा यही शल्यक्रिया पनि गराउनेगरी साझेदारी भएको छ’, प्रमुख बस्नेतले भने, ‘शल्यक्रियाका लागि चाहिने औजार उपकरण पनि हामीले खरिद नगरेसम्म उहाँहरूले नै व्यवस्था गर्नुहुन्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।