धनकुटामा ३ सहित प्रदेश १ मा आज १८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण भएको छ । ४३६ जनाको पीसीआर परीक्षण गर्दा १६ र ११६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५, झापामा ४, धनकुटामा ३, सुनसरीमा २ र उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २, कानेपोखरी, मिक्लाजुङ र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा २, हल्दिबारी र मेचीनगरमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, सुनसरीको इटहरीमा २, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण
लमजुङ, ६ पुस /लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुुटी संरक्षणमा लागेका छन् । उनले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोपेका छन् । सतुवाखेतीमा लागेसँगै मर्स्याङ्दी गाउँपालिकाका–१० जना युवाहरू आपसमा मिलेर एक वर्षअगाडि लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरेका छन् । उनीहरूले १० रोपनी जग्गामा सतुवा खेती सुरु गरेका छन् ।

सतुवा खेतीमा लागेका तामाङले सतुवा खेतीसम्बन्धी आफूले जानेको ज्ञान, सीप जिल्लाका विभिन्न ठाउँमा रहेका अन्य किसानलाई पनि सिकाउँदै आएका छन् । ‘अलैँची खेतीसँगै व्यावसायिक सतुवा खेतीलाई थप विस्तार गर्दै लैजाने मेरो सोच छ,’ उनले भने । तामाङले छिनखोलामा ४० रोपनी पाखो जग्गामा अलैँची खेती गरेका छन् । अलैँची खेतीसँगै अहिले उनी सतुवा खेतीलाई व्यावसायीक रुपमा अगाडि बढाएका छन् । उनले भने, ‘कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीतर्फ आकर्षित भएको हुँ ।’

सुरुमा दोलखाबाट प्रति बिरुवा ८० रुपैयाँका दरले ५०० बिरुवा ल्याएर एक रोपनी जग्गामा उनले सतुवा खेती सुरु गरेका हुन् । अहिले उनले पाँच रोपनीमा रहेका तीनवटा ग्रीन हाउसमा करिब १२ हजार सतुवाको बिरुवा रोप्ने योग्य बनाएका छन् । ‘सुरुमा एक लाखबाट सुरु गरेको सुतवा खेतीमा अहिले करिब १५ लाख लगानी भइसकेको छ,’ तामाङले भने । उनीमात्र होइन छिनखोलाकै दिनेश तामाङ पनि लकडाउनको समयमा अहिले सतुवा रोपेर दिन बिताएका छन् ।

बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ । ‘सतुवाको मूल्य प्रतिकेजी ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘अन्य खेतीमा भन्दा सतुवा खेतीमा किसानलाई फाइदा छ ।’अहिले छिनखोलामा अलैंचीसँगै सतुवा खेतीमा पनि स्थानीयको आर्कषण बढेको चितरीमायाँ तामाङ बताउँछिन । उनीमात्र होइन मर्स्याङ्दी गाउँपालिका–८ रिङटाङकी कृष्णकुमारी गुरुङ पनि गतवर्ष कोरोना महामारीसँगै बजारबाट गाउँ फर्किएकी छन् ।

लामो समयदेखि बेसीशहरमा बस्दै आएकी कृष्णकुमारी गतवर्ष गाउँ फर्किएसँगै बाँझो एक रोपनी जग्गामा सतुवा खेती गरेकी छन् ।
उनी भन्छिन्, ‘कोरोनाले बेसीशहरमा बस्ने उपाय भएन, गाउँ फर्किएसँगै अहिले कृषिकर्ममा लागेकी छु ।’ सतुवा जंगलमा पाइने एक प्रकारको जडीबुटी हो । समुद्री सतहदेखि १४ सय मिटरमाथि उचाइसम्ममा यसको खेती गर्न सकिन्छ ।

संरक्षणको अभावमा सतुवा जडीबुटी हराउँदै जान थालेको मस्र्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले बताए । उनका अनुसार सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । सतुवा बहुमूल्य जडीबुटी रहेको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।