प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो

मोहन जोशी/धनगढी, १० पुस ।धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेट अन्तरले पराजित गर्दै प्रदेश १ ले फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो । सुदूरपश्चिमका लागि सुरुवाति ब्याट्सम्यानले टिकेर खेल्न सकेका थिएनन् । ७ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको अवस्थामा सुदूरपश्चिमका लागि मध्यक्रमकी ब्याट्सम्यान सम्झना खड्का र रितु कनौजियाले पारीलाई उकास्ने प्रयास गरेका थिए ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले २७ तथा कप्तान रितु कनौजियाले २५ रन बनाएका थिए । सुदूरपश्चिमका अन्य खेलाडीले खुलेर खेल्न नसक्दा सस्तैमा समेटिन पुगेको हो । सुदूरपश्चिमलाई न्यून स्कोरमा रोक्ने क्रममा प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योति दनुवारले समान एक एक विकेट लिए ।

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट मात्रै गुमाएर भेटेको हो । प्रदेश १ ले १६ ओभरमा ५ बल खेल्दै लक्ष्य भेटाएको हो । प्रदेश १ का लागि सुरुवाति ब्याट्सम्यानले राम्रो गर्दै टिमलाई बलियो स्थितिमा पु¥याएका थिए । पहिलो विकेटका लागि सुरुवाति ब्याट्सम्यान कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्रीले अविजित पारी खेल्दै ३१ रन जोड्नि । तेश्रो नम्बरमा मैदान आएकी प्रदेश १ की खेलाडी अप्सरी बेगमले ९ रन बनाइन् ।
सुदुरपश्चिमका लागि कविता जोशीले एक विकेट लिएकी थिइन् । खेलमा प्रदेश १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच बनिन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।