प्रदेश-१ लाई पराजित गर्दै एपिएफले जित्याे उपाधि

मोहन जोशी/धनगढी, ११ पुस ।धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफले जितेको छ । आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल चरणको खेलमा प्रदेश नमबर-१ लाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६७ रन मात्रै बनाउन सकेको थियो । सुरुवाती ब्याट्सम्यान कप्तान रुबिना क्षेत्रीले ३४ र अप्सरा वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न नसक्दा प्रदेश-१ न्यून स्कोरमा समेटिन पुगेको थियो । प्रदेश १ लाई न्यून स्कोरमा रोक्ने क्रममा एपिएफकी बलर सीता राना मगरले ३ तथा रेखा रावलले २ विकेट लिईन् ।

जितका लागि ६८ रनको लक्ष्य पक्ष्याएको एपिएफले १४ ओभर २ बल खेल्दै जित हासिल गरेको हो । एपिएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन्, भने ममता चौधरीले १७ रन बनाइन् । उपाधि हात पारेसँगै एफिएफले नगद पाँच लाख तथा ट्रफि प्राप्त गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।