प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वालाई

खगेन्द्र अधिकारी /ताप्लेजुङ, १२ पुस । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ ।

फुङलिङ नगरपालिकालाई ३-० को सोझो सेटमा हराउँदै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो । उपाधिसँगै सिदिङ्वा गाउँपालिकाले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथ सिरिजंगा लिपि अंकित २ सय ६१ तोला चाँदीको रनिङ ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता भएको फुङ्लिङले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ ।

फुङलिङलाई हराउने क्रममा सिदिङ्वाले २५-१९,२५-२१ र २५-१६ को नतिजा निकाल्यो । यस्तै प्रतियोगितामा सान्त्वना हुने पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले जनही नगद ५५ हजार ५ सय ५५ रुपैयाँका दरले रकम तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका पाएका छन् ।

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बिजयी टिम तथा खेलाडीलाइ नगद,ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।