रारा म्याराथनको सद्भावना दूतमा मिरा राई नियुक्त

काठमाडौं, १३ पुस/ कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई रारा म्याराथनको सद्भावना दूत (गुडवील एम्बासडर) नियुक्त भएकी छिन् । आगामी ११ वैशाखमा मुगुको रारा तालबाट सुरू भई चुचेमारा हिमाल, डाँफे लेकहुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तिव्र पारिएसँगै राईलाई सद्भावना दूत नियुक्त गरिएकाे हाे । म्याराथनकाे आयोजना र व्यवस्थापन अन्तरालले गरेकाे हाे । यस प्रतियाेगितामा पुरुष तथा महिला फुल म्याराथनका दुवै विधामा समान पुरस्कार रहनेछ ।

सद्भावना दूतसहित मिरा राई रारा म्याराथनमा समेत सहभागी हुने छिन । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु तर प्रतियोगीका रुपमा होइन्,’ मीराले भनिन् ।

मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रूपमा परिचित एथ्लेट हुन । दर्जनौँ अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्राफी एड्भेन्चर अफ द एयर’ विजेता पनि हुन् ।

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए । उनले भने, ‘मीरा जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।’

उनले जुम्ला विश्व किर्तिमानी धावक हरिबहादुर रोकायाकाे ठाँउसमेत भएकाे बताए । ‘उहाँको मार्गनिर्देशनमा बढिरहेका छौं,’ अध्यक्ष शाहले भने, ‘जुम्लामा हरिदाईको अनुभव, लगाव, मिहिनेतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै हुने ठूलो अवसर हुनेछ, सबै खेलाडीको लागि त छदैछ ।’

म्याराथनलाई भव्य रूप दिन सबै पक्षसँग छलफलअघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट को-अर्डिनेटर चक्रबहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖