राखेप सदस्यसचिव विवादले खेल क्षेत्रमा दीर्घकालीन असर पर्‍यो : मन्त्री गहतराज

काठमाडौं, १३ पुस /युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव विवादले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताएका छन् । सातदोबाटोस्थिति ओलम्पिक भवनमा मंगलबार नेपाल ओलम्पिक कमिटी (एनओसी)को १२ औं साधारणसभा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने राखेप सदस्यसचिव विवादित मुद्दालाई अग्राधिकारमा राखेर हेर्नु पर्नेमा जोड दिए ।

सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिवबाट रमेश सिलवालाई बर्खास्त गरेर टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । तर, घिसिङको नियुक्तिको बदर र आफूलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले सरकारको निर्णयलाई यथावत राख्न अल्पकालीन आदेश दिएको थियो ।

सोही विषयलाई लिएर मन्त्री गहतराजले अदालतबाट ढिलो फैसला हुने हुँदा खेल क्षेत्रलाई असर गर्ने बताएका हुन् । राखेप सदस्यसचिव विवाद चाँडै टुंग्याउनु पर्नेमा जोड दिँदै उनले भने, ‘अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ । तर, यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ ।’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनु पर्ने बताए । ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न,’ श्रेष्ठले भने ।

साधारणसभाको समापन अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकाशित पुस्तकको विमोचन गरिएको थियो ।

ओलम्पिक कमिटीले आउने वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भ्युजल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।