सहेँला फाँटमा सामूहिक कागती खेती

तारानाथ आचार्य/बलेवा, १८ माघ (रासस)ः तीन वर्षपहिले लगाइएका कागतीका बिरुवा फुल्न थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीहरुलाई अहिले बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि भ्याइनभ्याई छ । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवामा फूल फुल्न थालेपछि किसानमा उत्साह बढेको छ । यसैवर्ष फल निस्कने आशामा रहेका किसानले आउँदो हिउँद याममा भने धेरै थोरै कागती उत्पादन हुने आशङ्कामा छन् ।

बागलुङ नगरपालिका–१४ अर्माहका ४३ किसानको वडा नं १२स्थित अमलाचौरको सहेँला फाँट अहिले आशाको बारी बनेको छ । उक्त समूहमा आबद्ध ती कृषकले आफ्नै मिहिनेत बमोजिम फल्ने फलबाट समृद्धिको सपना दख्न थालेका छन् ।

सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसानहरु कागतीबाट कृषिमा प्रगति खोजिरहेका हुन् । रु २० लाख लगानीबाट सुरु गरिएको कागतीको व्यावसायिक खेतीमा रु ६० लाखभन्दा बढी लगानी भैसकेको छ । तीनसय रोपनीभन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेका छन् । तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवामा फल लाग्ने बेला भयो भने अर्को एक तिहाइ दुईवर्षे बिरुवाले पालुवा फेर्दैछन् ।

यहाँका किसानले थालेको व्यावसायिक कागती खेतीमा सहयोग गर्ने र देखासिकी गर्नेहरुको आँखा लाग्न थालेको छ । अनुदान र सहयोगका लागि सरकारी निकाय पनि अहिले त्यहाँ पुगेका छन् भने देखासिकी गर्न जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिकहरु आउने गरेको समूहका अध्यक्ष केशवप्रसाद सुवेदी बताउनुहुन्छ ।

केही दिनपहिला पोखराका कृषि प्राविधिकहरुको समूह सहेँलाको फाँटमा पुग्यो । त्यहाँ हुर्किएका बिरुवा र फूल लागेको देखेपछि उनीहरुले अहिलेको फूल झरे पनि जेठ महिनादेखि लाग्ने फूलबाट फल लाग्ने आशा देखाए । चितवन, मकवानपुर र कास्की र बागलुङ जिल्लाकै विभिन्न ठाउँबाट हरेक महिना कृषि समूह र कृषि प्राविधिहरु सहेँलाको फाँट पुग्ने गरेका अध्यक्ष सुवेदीको भनाइ छ। “कोही आएर समूह र व्यावसायिक खेतीको विषयमा जानकारी लिएर जानन्छन् भने कसैले सुझाएर जान्छन्,” उहाँ भन्नुहुन्छ, “हामीले थालेको व्यावसायिक कागती खेतीबाट धेरैले सिको गर्ने भएका छन् ।”

सरकारी अनुदानमा आशा नराखी आफँैले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पनि पाउन थालेका छन् । रु एक लाखको बिरुवा ढुवानीका लागि अनुदान दिएको नगरपालिकाले रु तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाई दिएको छ । गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले कृषि उपकरण, मलखाद, पोखरी निर्माण र औजार खरिद लगायतका शीर्षकमा रु १० लाख अनुदान दियो । अहिले सिँचाइका लागि पोखरी छ । कम्पोष्ट मलका लागि प्रविधि र गोडमेल तथा सिँचाइका लागि उपकरण छन् । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० खाल विनियोजन गरेको जनाएको छ ।

भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको बजेटका लागि अर्थ मन्त्रालयमा पुगेर फाइल रोकिएको छ । “कोरोनाका कारण फाइल अर्थमा रोकिएको छ,” अध्यक्ष सुवेदी भन्नुहुन्छ, “प्रदेशको बजेटले भण्डारण गृह र सङ्कलन केन्द्रको भवन बनाउने योजना छ ।” हरेक वर्ष रु चार करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेका किसानले फल फल्न थालेको एक वर्षमै लगानी उठाएर मुनाफा कमाउन सक्ने उहाँको जिकिर छ ।

समूहमा आबद्ध किसानलाई प्रतिरोपनी रु पाँच हजारका दरले समूहले वार्षिक भाडा पनि दिँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।