शिक्षा र रोजगारका बीच तालमेल हुन जरुरी

ध्रुव एलेक्स,धनकुटा । आज अलिकति सामुदायिक विद्यालयहरुको शेेक्षिक विकास भनौ या शैक्षिक गुणस्तर अथवा शैक्षिक स्तरको विवेचना गरौ । विगतको तुलनामा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर तीब्र गतिमा बढिरहेको छ भनेर कैहि शेैक्षिक सरोकारवालाहरुले बोले पनि खास परिवर्तन भने देखा परेको छैन ।म यो किन भनिरहेको छु भने विद्यार्थीहरुको मापन परीक्षाहरुबाट मात्र हुने गरेको परम्परागत अभ्यास आज पनि मजबुत जर्हो गाडेर बसेको छ ।

थाहा छैन यो परिवर्तन गर्न नसकिएको हो या नचाहिएको हो जे जोस यस्को महसुस एकदिन हुने छ र परिवर्तन हुनेछ भन्ने विस्वास गरौ । अहिलेपनि माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका देशैभरिका विद्यार्थीहरुको परीक्षाफल सार्वजनिक भएको दिनलाई हेर्दा परिणाम चित्त बुझ्दो छैन यो म पनि भनिरहको छु र शेैक्षिक विश्लेषकहरु पनि वर्षौ देखि भनिरहेका छन् ।

आज स्थानीय तहहरुलाई शिक्षाको क्षेत्राधिकार ईनफ भएपनि कतिपय स्थानीय तहहरुमा स्थानीय स्तरमा सबैभन्दा उत्कृष्ट आधारभूत विद्यालय कुन हो वा त्यस स्थानीय तहको सबैभन्दा उत्कृष्ट माध्यमिक विद्यालय कुन हो भनेर प्रश्न गर्ने हो भने स्थानीय निकायले गुणस्तर वा सिकाई उपलब्धि स्तरका आधारमा यस स्थानीय तहको उत्कृष्ट आधारभूत विद्यालय र उत्कृष्ट माध्यमिक विद्यालय फलानो – फलानो स्कुल हुुन भनेर भन्न सक्ने जीबन्त आधारहरु निर्माण गर्न सकेको छ जस्तो लाग्दैन ।

त्यस्तै गरि जिल्लाको सबैभन्दा उत्कृष्ट तीन मा पर्न सफल विद्यालयहरु कुन – कुन हुन् भनेर मापन गर्ने प्रचलित अभ्यासहरु खाासै अबलम्बन गरेको पाईन्दैन । प्रदेशका उत्कृष्ट पाँच भित्र पर्न सक्ने विद्यालयहरुको नामावली प्रकाशन गर्नुपरे कुन – कुन हुन भनेर कसरी थाहा पाउने ? तथ्यांकका आधारमा देशै भरिबाट उत्कृष्ट दशमा पर्न सफल विध्यालयहरुको नाम सार्वजनिक गर्न परे के – कसरी गर्ने ? स्थापना मितिका आधारले पुरानो या भवनका आधारमा अग्लो वा धेेरै भवन भएकालाई ? यहाँ मैले भन्न खोजेको तात्पर्य हो के भने केन्द्र ले अधिकार विकेन्दृत गरिसकेपछि स्थानीय तह , प्रदेस र संघ ले ठोस र वस्तुनिष्ठ पृष्ठमा रहेर शिक्षको हालको अवस्थाबारे स्पस्ट धारणा बनाउनुपर्दछ र आम जनमानसलाई जवाफ दिएर निर्धक्क बनाउनसक्नुपर्दछ ।

शिक्षा सबैको चासोको विषय हो । हर मानिसको लगानी भइरहेको साझा क्षेत्र भएकाले पनि राज्यका संयन्त्र हरुले आफ्नो सर्वमान्य दृष्टिकोण बनाएर जान सके यस्ता जिज्ञासाहरुको संबोधन हुने थियो ।

विद्यालयमा विद्यार्थी टिकाउन जसरी अनेक प्रयत्नहरु गरिन्छ , विविध कार्यक्रम हरु तयार गरिन्छ जस्तै निशुल्क शिक्षा , खाजा कार्यक्रम , छात्रवृत्ति कार्यक्रम परीक्षाफलको उतिर्ण दर बढाउने परीक्षा प्रणाली आदि – आदि । साच्चिकै भन्ने हो भने अब ऐजेन्डाहरुलाई अभियानको रुपमा अगाडि बढाउनुपर्छ र ती ऐजेन्डाहरु पढाईको स्तर बढाउने समग्र शैक्षिक गतिविधिहरुको उन्नयनमा केन्द्रित हुनुपर्दछ ।

 

सभासम्मेलन , प्रशिक्षण , तालिमहरुमा मात्र सिमित हुने र सिकेका नवीन प्रयोगहरुलाई विद्यालय वा कक्षाकोठामा उचित प्रयोग नगर्ने हो भने यी सबै अन्य कार्यक्रम ओझेल पर्लान कि ? सामुदायिक विद्यालयहरुमा अधिकतम कार्यक्रमहरु सन्चालित भइरहका मध्य शिक्षकले लिएको तालिम , ज्ञान र अनुभवलाई एक सय प्रतिसत दियो कि दिएन भनेर अनुगमन गर्ने प्रोत्साहन गर्ने सजाय गर्नुपर्ने खबरदारी गर्ने सम्मका अनेक विकल्पहरुको खोजि नितान्त आवश्यक छ । साच्चै शैक्षिक जगतमा आमूल परिवर्तन भए मात्र अन्य क्षेत्रको परिवेश बदल्न सहज हुनेछ । शिक्षा हेर्ने मन्त्रालय , मन्त्री र शिक्षासँग सम्बद्द स्टेकहोल्डर्सहरुले शिक्षामा नौलो आशा जगाउनैपर्छ त्यसका लागि नितिनिर्माण गर्ने तह र कार्यनयन गराउने निकायहरु हरहमेसा अप टु डेट हुनैपर्छ ।

आज तपाईं हाम्रै ठाउँमा पनि नमुना विद्यालयहरु घोषित भएका छन । भौतिक पूर्वाधार , जग्गा लगायताका विषयहरुको अलवा शैक्षिक गुणस्तर , सिकाई उपलब्धि , विद्यालय शन्चालनका दृष्टिले विद्यालयको सिस्टम , त्यहाँ कार्यरत शिक्षक आफ्नो पेशाप्रति कति खुशी हुन सकेका छन । अभिभावक आफ्ना नानीहरुको पढाइ क्रियाकलाप र अन्य अतिरिक्त क्रियाकलापमा के कति सन्तुष्ट छन् ; राष्ट्रिय जीवनमा प्रतिस्पर्धा गर्न सक्नै के – कस्ता विधाहरुमा विद्यालयले जनशक्तिहरु तयार पार्दै छ भन्ने जस्ता कुराहरुलाई मध्यनजर गरेर नमुना विद्यालय घोषणा गर्न सके पक्कै पनि देशले सक्षम म्यानपावर उत्पादन गर्दैछ भनेर अपेक्षा गर्न सकिन्छ । अन्यथा पहुँच र निकटताका सिलसिलामा मात्र विद्यालयहरूलाई मोडल बनाइयो भने त्यो निरर्थक सावित हुनेछ । म त भन्छु हरेक विद्यालयहरु नमुना हुनुपर्छ ।

 

विद्यालय समाजका ऐना हुन् । तिनले पृथक कार्यक्रमहरु बनाउनुपर्छ पढाइको अलवा विद्यार्थीका रुचीहरुलाई प्राथमिकतामा राखेर साहित्यकला , सङ्गीत , चित्रकला , गायन , नृत्य , खेलकुद जस्ता विविध आयामहरुलाई उनीहरुको क्षमता विचार गरेर अगाडि बढ्न सके नमुना कार्यहरुको संयोजनले विद्यार्थीले हरेक विद्यालयको दिनलाई नयाँ दिनको रुपमा आभाष गर्नेछ । परिणामस्वरूप उसको शैक्षिक गतिविधिमा मनले जाँगर चलाउनेछ ।

शिक्षाले जीवनलाई भरिपुर्ण बनाउछ । शिक्षाले मानिसको दृष्टिमा सुन्दरताको आकृति भरिदिन्छ । शिक्षालाई बगैंचाका फुुुलहरुका आखाँले हेर्ने हो भने शिक्षा प्रेमको पवित्र मन्दिर हो । यहाँ म नेपालमा विध्यमान शैक्षिक प्रणालीको केही दृष्टान्त र रोजगारको सामन्जस्यता लाई अलिकति चर्चा गर्न चाहन्छु । शिक्षा किन ग्रहण गर्ने अथवा विद्यालय , क्याम्पस किन जाने भन्दा जीवन सभ्य , शिष्ट र समाजलाई सु – संस्कृत बनाउनका अलवा उपर्युक्त रोजगारका लागि पनि हो । आजभोलि राम्रो पढे राम्रो जागिर पाईन्छ नभए बेरोजगार बनिन्छ भन्ने मान्यता स्थापित भएको छ । सायत त्यहिभएर हुनसकॐछ आजभोलि नपढ्ने मान्छे भेेट्न मुस्किल छ । मैले यहाँ के भन्न खोजिरहेको छु भने हाम्रो देसमा योग्यता अनुसारको काम छैन । योग्यतामा आधारित रोजगारको अवसर छैन । छ न त छ तर अवैज्ञानिक छ । रोजगारको लागि छनौट शैली अब्यवहारिक जस्तो देखिन्छ । उदाहरणका लागि नेपालमा रोजगारमा निजामती सेवामा सबैभन्दा बढि आकर्षण छ ।यहाँ खरिदार हुनकआ लागि माध्यमिक शिक्षा परीक्षा उतिर्ण गरे ऊ त्यस पदको लागि योग्य हुन्छ । तर विडम्बना स्नातकोत्तर उतिर्ण गरेर वर्षौ ढोका थुुनेर खरिदारको तयारी गर्दा पनि सफल हुन नसक्नु यो कस्तो शिक्षा पद्धति कस्तो परीक्षा प्रणाली ? योग्यता र रोजगारको वैज्ञानिक तालमेल हुन सकिरहेको छैन ।

विद्यालयको शिक्षा अनुसार लोकसेवाले परीक्षा लिनुपर्छ वा लोकसेवाले लिने परीक्षा जस्तो तयारीको पाठ्यक्रम विद्यालय शिक्षामा हुनुपर्छ ।

यहाँ उदाहरण खरिदारको दिए पनि अन्य पदहरुको तालम्यता उहीँ खरिदारको जस्तेै हो । आज देश संघियतामा रुपान्तरित भइसकेपछि स्थानीय तहलाई हरेक अधिकारहरु प्रदान गरिएको छ । गाँउगाँउमा सिहंदरबार भनेजस्तै शिक्षा पनि माथिबाट तल तल सम्मै अधिकार प्रत्याजनका हिसाबले भएकै देखिन्छ ।

यहाँ कहिल्यै पनि एउटा शैक्षिक वर्षमा माध्यमिक शिक्षा परीक्षा उतिरज्ञ गरेका विद्यार्थीहरुमा स्थानिय तहलाई आवस्यक एक वा दुई पदको लागि उक्त योग्यताले हुने आवेदन खुलाएर प्रतिस्पर्धा नै गराइएन वा त्यसरी छनौट नै गरिएन । एक शैक्षिक वर्षमा उतिर्ण भएका विद्यार्थीहरुलाई एक स्थानिय तह एक खरिदार मात्र गर्ने हो भने एक शैक्षिक सत्रमा सात सय त्रिपन्न ले जागिर खान सक्ने भए । दुई जनाको आवेदन गर्ने भए पन्द्र सय छ ले ाआबद्दता हुने भए ।

त्यसो भए अरुचाहि भन्ने प्रश्न उठ्ला अन्यलाई माग बमोजिम प्रतिस्पर्धा गराउने तर कुरा के त भन्दा कुन पदका लागि माग आवस्यकता हो सो पदका लागि आवस्यक योग्यताहरुमाझ मात्र प्रतिस्पर्धा गराउने र छनौट गर्ने हो भने राइट म्यआन इन द राइट प्लेसको सिद्दा्न्त सफलसिद्द हुँदै जान्छ । समाजवाद उन्मुख राज्य भनेपछि काम अनुसारको दाम योग्यता अनुसारको काम को सुरुवात गर्नैपर्छ । मैले यसो भनिरहदा स्नातकोत्तर उतिर्ण गरेकोले सोही अनुसार तयारी गर्नुपर्ने हुन्छ र उसको लागि सोही अनुसारका अवसरहरु सिर्जना हुँदै जानेछन । अगाडि उल्लिखित भएको स्थानिय तहको सबैभन्दा उत्कृष्ट विद्यालय कुन हो भन्ने जिज्ञासा पनि हल हुँदै जानेमा दुईमत छैन । यहाँ कुरो खरिदार , सुब्बा र अधिकृतको मात्र होइन विद्यालय स्तरदेखि अनिवार्य विषय बाहेका विद्यार्थी लाई दक्ष बनाउने प्राविधिक विषयहरु राख्नुपर्छ र चनौट अनि रोजगार माथि उल्लेख भए बमोजिम गर्दै जानुपर्छ ।

मलाई था छ यस्ता विषयहरुमा कैयौ बहसहरु भएका होलान या नहोलान यति भएका भए कार्यन्वयनको को पाटोलाई रोकेको के ले हो ? नभएको भए सम्बन्धितहरुले गम्भीर हुन आवस्यक छ भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।