वरिष्ठ कवि अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’

काठमाडौँ, ६ वैशाख । वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ । ‘वनिता’ साहित्यिक पत्रिकाले रु १० हजार १५ राशिसहितको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गरेको हो ।

चौबीस वर्षदेखि निरन्तररूपमा प्रकाशित हुँदै आएको पत्रिकाले २०७८ र २०७९ दुवै वर्षका साहित्य, सङ्गीत, रङ्गमञ्च, सञ्चार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कार घोषणा गरेको छ । साहित्यकार डा दयाराम श्रेष्ठ (सम्भव)लाई विसं २०७८ को रु २५ हजार राशिसहितको वनिताश्री कथा रत्न अभिनन्दन प्रदान गरिने छ ।

पत्रिकाले बाल साहित्यकारद्वय प्रभा भट्टराई र रामदेव पाण्डेलाई रु १० हजार राशिको देवकुमारी थापा बाल साहित्य वनिता पुरस्कार तथा समालोचकद्वय डा शैलेन्दुप्रकाश नेपाल र डा दुर्गाप्रसाद दाहाललाई वनिताश्री डा नरेन्द्र चापागाईँ समालोचक शिरोवर्ती सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

कथाकारद्वय मातृका पोखरेल र इल्या भट्टराईलाई वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार तथा कविद्वय कृसु क्षेत्री र मनोज न्यौपानेलाई व्यथित काव्य वनिताश्री पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सहित्यकार गायत्री श्रेष्ठलाई वनिता शिक्षा र साहित्य पुरस्कार, कलाकार मोहन अभिलाषीलाई वनिता बहुआयामिक प्रतिभा पुरस्कार, गायिका सङ्गीता थापा र नेपाल आइडल सिजन–४ का विजेता भूपेन्द्र थापा मगरलाइ शाक्यलाई वनिताश्रीे उन्नति गीत–सङ्गीत पुरस्कार प्रदान गरिनेछ ।

सञ्चारकर्मी भगवती बस्नेत र रङ्गकर्मी पुरू लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार तथा गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छाले वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार प्राप्त गर्नुहुनेछ । वनिता जलेश्वरी बाल प्रतिभा पुरस्कार राइजिङ स्टार बोर्डिङ स्कुलका साना छात्रा र प्रिभा रेग्मीलाई तथा वनिता बाल कलाकार पुरस्कार कृशला श्रेष्ठलाई प्रदान गरिने जनाएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।