धरानमा आमाको ह’त्याको आरोपमा छोरा पक्राउ
सुनसरी,जेठ १० । सुनसरीको धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको ह’त्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीलाई २५ बर्षीय छोरा सौगात सुवेदीले गत शनिबार दिउँसो साढे १ बजे धारीलो ह’तियार बाम्फो’कले टा’उकोमा प्र’हार गरी ग’म्भिर घा’ईते बनाएका थिए । उक्त घटनामा घा’ईते भएकी सुबेदीलाई तत्काल उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगि थप उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएको थियो ।
उक्त अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाह अनुसार घर फिर्ता लैजाने क्रममा आज दिउँसो ३ बजे बाटोमा नै मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संग्लग्न रहेका सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सक्रियतापूर्वक भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन
काठमाडौँ, १० जेठ (रासस) :नेकपा (माओवादी केन्द्र)ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रियताका साथ रचनात्मक तवरले भाग लिन सांसदलाई निर्देशन दिनुभयो ।
अध्यक्ष दाहालले आगामी आवको नीति तथा कार्यक्रमले लिन लागेको नीति र लक्ष्यका बारेमा सांसदलाई जानकारी गराउनुभएको थियो । बैठकमा अध्यक्ष दाहालले दिनुभएको निर्देशन उद्धृत गर्दै संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सक्रियताका साथ छलफल प्रक्रियामा भाग लिन र विषय वस्तुको गम्भीरतालाई बुझेर काम गर्न सांसदलाई निर्देशन दिनुभएको थियो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सांसदले दिएको सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गरिएको जानकारी गराउनुभएको थियो ।


