नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं, १७ जेठ ।अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।

आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । प्रजिअ रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।

मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि ब्याड टच गरेको आरोप लगाएकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि उनको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।