पत्रकार,साहित्यकार,राजनीतिकर्मी तिगेलालाई मातृशोक
धनकुटा । धनकुटाको छथर जोरपाटी जन्म घर भइ हाल वेलायतमा सपरिवार रहॅदै आउनु भएका पत्रकार,साहित्यकार,समाजसेवी तथा राजनीतिकर्मी विश्वासदीप तिगेलालाई मातृशोक परेको छ ।
मुराहाङ, तेह्रथुममा सन् १ जुन १९४७ मा जन्मिनु भएका तिगेलाका ममतामयी आमा टिकामाया खापुङ तिगेला लिम्बुको आज १५ जुन २०२२ का दिन काठमाडौ स्थित सिभिल अस्पतालमा निधन भएको तिगेलाले आफ्नो फेसबुक पोष्ट मार्फत औपचारिक जानकारी गराएका छन् ।
तिगेलाका बुबा मिल बहादुर लिम्बुको निधन सन् २७ अप्रिल २०२२ मै निघन भइसकेको छ ।
स्व टिकामायाको छोरी श्रीमति थामुदेवी पारघारी, श्रीमति मनकुमारी चारकोले याख्खा, श्रीमति खडक कुमारी लिम्बु र छोराहरु टेकजंग लिम्बु, विश्वास दीप तिगेला, थर्कदीप तिगेला, संन्दीप तिगेला लगायत बुहारीहरु, ज्वाईहरु, नाति, नातिनाहरु रहेका छन् ।


