खोटाङमा नवौं राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनौट खेल सुरु

खोटाङ, ९ भदौ । नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङमा सितोरियो करातेको छनौट खेल सुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगीता एबं चौथो जिल्लास्तरीय कराते प्रतियोगीता सुरु भएको हो । जिल्ला खेलकुद बिकास समितिको कबर्डहलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगीता बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गरेका छन् ।

प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी हुने खेलाडी छनौटका लागि नेपाल सितोरियो कराते संघसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगीता आयोजना गरेको हो । प्रदेश स्तरीय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो करातेका २९ जना खेलाडी छनौट हुने छन् । एकैदिनमा प्रतियोगीता नसकिएका कारण छनौट हुने खेलाडीको अन्तिम परिणाम बिहीबार मात्र टुंगो लाग्ने छ । जिल्लास्तरिय छनौट प्रतियोगीताबाट छानिएका खेलाडीले आगामी भदौ १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी हुन पाउने जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताअन्र्तगत खोटाङबाट १४ विद्याका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट हुनेछन् । त्यसमध्ये भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका ४ जना खेलाडी छनौट भइसकेको छ ।

बिहीबार र शुक्रबार सञ्चालन हुने छनौट प्रतियोगीताबाट तेक्वान्दोका २२ जना, टेबलटेनिसका ४, फुटबलका ३२ र व्याडमिन्टनका ७ खेलाडी छनौट हुने खेलकुद विकास समितिले जनाएको छ । यस्तै, भारोत्तलनका २, उसुका १०, बक्सिङका ३, पौडीका २, शारीरिक सुगठनका १ र सफ्ट टेनिसका २ खेलाडीले प्रदेश स्तरीय खेलमा सहभागी जनाउने केसीले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।