बुबाको एक्लो संघर्ष-सन्तानको खुसी,सुख र संबृद्धिका लागि आज पर्यन्त जारीनै छ

जनक बस्नेत । हरेक बर्ष कुशे औशी बुबाको मुख हेर्ने दिन आएपनी प्रायजसो बुबासंगै भईने हुनाले कहिल्यै खास महत्वको लाग्दैन तर बुबाको बिराटता अनी बिशालता सधै बिषेश र खास महत्वको छ । नियतिले ४० बर्षको उमेरमा आमालाई चुडेर लगेपनी त्यो भन्दा ५ बर्ष पहिलेदेखीनै ब्रेनट्युमरको अपरेसनपछी आमा प्यारालाईसीस भएपछि करिब करिब अहिलेको मेरै उमेरबाट सुरु भएको बुबाको एक्लो संघर्ष-सन्तानको खुसी सुख र संबृद्धिका लागि आज पर्यन्त जारीनै छ ।

उर्जा,उत्साह,सहनशिलता,ईमान्दारीता र संघर्षका लागी हाम्रो प्रेरणाको श्रोत बुबानै हो । सन्तानको भबिष्य उन्नती, प्रगती र खुसीलाईनै आफ्नो खुसी ठानेर आफ्ना ब्यक्तिगत रहर इच्छा चाहानाहरुलाई त्याग गर्न सक्ने बुबाको योगदान माया र भावनाको ब्याख्या शब्दमा त गर्न सकिदैन यद्यपी आफ्नो यो बिशेष पबित्र दिनमा बुबाप्रती समर्पित गर्दै यो प्रशंग उल्लेख गर्न चाहान्छु ।

२०६२ साल पौषमा आमाले धर्ती छोड्नुभयो, फागुनमा छोरी जन्मिईन ।मैले BA सकेको थिए, उमेर २०/२१ बर्षको थियो ।त्यो बेला म हिलेमा मनकामना बोर्डिङ्ग स्क्लमा पढाउथे । भाई त्यो बेला धनकुटामा १०+२ पढ्दैथियो । घरमा सानी छोरी, अर्धाङ्गिनी अनी बुबालाई छोडेर म २०६३ बैशाख अन्तिममा काठमाण्डौ हिडे । रत्‍न राज्य क्याम्पसमा MA English एड्मिसन गरेको थिए कतै बोर्डिङ्ग पढाउदै दाजुभाई संगै बसेर पढ्ने लक्ष थियो । किर्तिपुरमा युवराज दाई र प्रेमदाई हुनुहन्थ्यो उहाहरुसंग बसे ।काठमाण्डौ पुगेको दिनदेखी बिज्ञापन हेर्दै स्कुलमा आबेदन दिन थाले र बिहानको टाईममा क्याम्पस पनी गईरहे ।

त्यस्तै क्याम्पस गएको तेस्रो दिन हुदो हो परिचयकै क्रममा एउटा संगै बेन्चमा बस्ने साथिलाई आफु पढाउन स्कुल खोजिरहेको कुरा सुनाए ।त्यसको १ घण्टा पछी त्यो साथिले सेरेन हिल सेकेण्डरी बोर्डिङ्ग स्कुलमा माबिको लागि EPH पढाउने शिक्षक आवश्यक छ त्यहा जानु भन्यो म कलेज सकेर त्यही दिन साखु जान हिडे । उही साथिले बताएअनुसार रत्नपार्क गएर रमपम ४ नम्बरको माईक्रो चढे । काठमाण्डौमा म नया थिए साखुत टाढै रहेछ । चाबहिल आइपुगेदेखी साखु कतिबेला पुगिन्छ भनेर सोध्धा सोध्धा बल्ल बल्ल सुन्दर हरियाली बिचमा रहेको स्वस्थानिमा बर्णित पबित्र सालिनदी किनारको संखरापुरनगर साखु आईपुग्यो । मलाई झण्डै झण्डै धनकुटै पुगेजस्तो लागिराथ्यो ।

उक्त स्कुलमा प्रिन्सिपल बुद्धी कार्की सरसंग भेट गरे ।उहाले ९ र १० कक्षालाई पढाउन लगाउनु भयो जागिरको प्रेसर भएपनी डर लागेन किनभने त्यहा पढाएर मसंग आफुलाई पढ्नको लागि समय हुदैनथ्यो म कलेज जान भ्याउदैनथे ।म आफ्नो अध्ययन अनी जागिर संगै लैजान मिल्ने बाताबरणको खोजिमा थिए ।त्यसकारण खासै स्कुलले नबोलाईदिए हुन्थ्यो जस्तो लागेको थियो । २ दिनपछी उक्त स्कुलको प्रिन्सिपलले मलाई फोन गर्नु भयो र पढाउन आउनु भन्नुभयो र ६५०० तलब दिने कुरा गर्नुभयो तर म दोधारमा परे नजाउ त्यती सजिलै आफ्नै प्रयासमा काम पाए, धनकुटाको हिलेमा निमाबीमा मात्र पढाएको थिए त्यहा माबि तलब पनी ठिकै थियो पढाउन जाउ मेरो पढाई संगै लान सक्ने अबस्था हुदैनथ्यो फेरी साखु टाढा पनी थियो । कलेज जान पाउने अबस्था थिएन तर जानुपर्छ बिचमा अन्य कुराहरु मिलाउदै गरौला भनेर मैले पढाउन जाने निर्णय गरे ।

भाईको प्लस टु सकियो साउनमा भाईलाई काठमाण्डौ बोलाए। कोठा खोजे दाजुभाई बस्न थाल्यौ ।सुमना दिदि जो मेरो लागी सधै श्रद्धेय र सम्मानको पात्र हुनुहुन्छ।उहाकै घरछेउमा कोठा थियो ।भाईको कलेज सुरु भएको थिएन । म बिहानै स्कुल हिड्थे बेलुका मात्र फर्कन्थे । एउटा मोबाईल थियो त्यो भाईलाई छाडिदिन्थे र स्कुलबाट दुई तिन पटक फोन गर्थे । दिनभरी एक्लै कोठामा उ पनी पत्रिकामा हेर्दै JOB Apply गर्न थालेछ । मैले त्यस्तो नगर भने तर उसले मलाई तँ दिन भरी कामगर्छस तेरो पनी क्यारिएर छ तेरो यो अबस्थामा म चाही कसरी आनन्दले पढ्न सक्छु ? त्यसैले म पनि काम गर्छु भन्यो । त्यो कुराले मलाई असह्य बनायो किन भने म साखुमा पढाउदै आफु तत्काल MA सक्न नसके पनी भाई पढ्छ भन्ने बिश्वास थियो। भाई १२ कक्षा सकुन्जेल सम्म कहिल्यै दोस्रो भएको थिएन । म त्यसको निरन्तरमा हर तरहले सहयोग गर्छु भन्ने थियो तर जब मैले बुझे भाईको करियरप्रती म जति चिन्तित छु त्यो भन्दा बढी भाई म प्रति चिन्तित छ भन्ने बुझेपछी अब भाई पनी काम नगरी छाड्दैन म पनी काम, हामी दुबैको अध्ययन सोचेजस्तो अगाडी बढ्दैन भन्‍ने मलाई लाग्यो र मैले आफ्नो बाटो बदल्ने निर्णय गरे ।

दशैमा घर आएपछी भाई घरमै बस्यो ।त्यतिबलेला सम्म भाईको १२ को रिजल्ट आएको थियो। भाईले भाषा उच्चमाबी ब्याच टप गर्‍यो ।डा. बिनोद गुरागाई (हाल प्राध्यापक अमेरीका) मेरो प्रिय साथी उसले टियु टप गरेको थियो र भाई उसैलाई आदर्श मान्दै उसकै पत्रिकामा छापिएको फोटोको कर्टिङ्ग आफ्नो डायरिमा राख्थ्यो ।

पौषमा आमाको बर्षदिनको काम गर्न म घर आए भाई घरमै थियो छोरी हुर्कदै दिईन। श्रीमती खुसीनै थिईन सायद एक्लोपन महसुस गर्दै बेखुसी हुने फुर्सद पनी थिएन नत दुखेसो र गुनासो……. । घरमा फोन थिएन । माथि राजु दाईकोमा थियो । १५ दिनमा १ पटक कुरा हुन्थ्यो, वरिपरी सबैजनाको अगाडी बोल्नुपर्थ्यो ।के छ सन्चै छ ? नानीलाई कस्तो छ… यस्तै यस्तै पुरै औपचारिक ।

बर्ष दिनको काम सकेर म काठमाण्डौ फर्किन लागे । भाई कलेज लागेपछी मात्र आउनेभयो । हिलेबाट चण्डिका ट्राभल्स रात्रीबस दिनको १ बजे काठमाण्डौको लागि छुट्थ्यो । बुबा हिलेसम्म पुर्‍याउनु आउनु भयो ।गाडी छुट्ने समय अलिकती बाकी थियो, हिले बजारको बिचतिरको एउटा मिठाई पसलमा बुबा र म गफ गरेर बस्यौ । मैले २ वटा रसबरी खाए । बुबालाई मैले आफ्नो बदलिएको योजना सुनाए र बुबालाई हालकै अबस्थाबाट आफुपनी पढाई अगाडी बढाउन नसक्ने र भाईको पनि उस्तै अबस्था हुने हुदा आफु थाकेको र अब बिदेश जान्छु भने ।आमाको उपचार र ५ बर्षसम्म प्यारालाईज भएर आमा थलिदा घरको अबस्था नाजुक बनेको थियो, आवश्यकता र अबस्थाले अब यही बाटोनै उपयुक्त हुने कुरा मैले बुबालाई सुनाए ।बुबाले सजिलै अहिले नआत्तिनु केही बितेको छैन २/४ बर्ष अरु संघर्ष गर यही गर्न सकिन्छ बिस्तारी सबै राम्रो हुन्छ हरेस नखाउ अहिले मलाई केही चाहिएको छैन भन्नुभयो ।प्रेमले सम्झाउनु भयो ।अब फेरी म नयाँ उमंग,जोश र उत्साह लिएर काठमाण्डौ हिडे । संयोग मान्नुपर्छ हिलेमा सधै चण्डिका ट्राभल्स हुन्थ्यो त्यो दिन न्यु चण्डिका ट्राभल्स थियो ।

अर्को महिना माघमा सशस्त्र प्रहरी निरीक्षक भर्ना खुल्यो । हाल अ.प्रा/.प्र.ना.म.नि.दिनेश अमात्य सर त्यो बेला डिएसपि हुनुहुन्थ्यो उहाले मलाई फर्म खुलेको र फर्म भरेर तयारी गर्न सुझाउनु भयो । म त्यसकै तयारीमा लागे अर्को तर्फ साखुबाट स्कुल बदली गर्ने तयारी गरे । स्कुल बदली गर्न शैक्षिक सत्र सक्नु पर्थ्यो ।बिचमा स्कुल छाड्दा तुरुन्तै शिक्षक नपाईने हुदाँ स्कुलप्रती धोका हुन्थ्यो ।फलामे ढोका भनेर चर्चित एसएलसीकै जमना थियो ।शैक्षिक सत्र सकिएपछी चैत्रबाट पुरानो बानेश्वर स्थित द सिटी एकेडेमीमा पढाउन थाले । उता सप्रनिको छनौट परिक्षामा पनी सहभागी भईरहेको थिए । सप्रनिमा छनौट नभएपनी काम गर्ने स्कुल र आफ्नो कलेज नजिकै भएकोले अब आफ्नो गन्तब्य त्यति टाढा छैन भन्ने आत्मबिश्वास बढेको थियो । सप्रनि छनौटका बिभिन्न चरणका परीक्षाहरु पास गर्दै गएपछी त्यता पनी भईन्छ भन्ने आत्मबिश्वास बढ्दै गयो ।अन्तत सशस्त्र प्रहरी निरीक्षकमा छनौट भई नियुक्ति लिए ।यहिबाट जिवनको दोस्रो घुम्ती सुरु भयो ।

भाइले सहज ढङ्गले पढ्यो नेपाल कमर्स क्याम्पस मिन भवनबाट ब्याच टप गर्दै बिबिएस सक्यो । निजामतीको लेखा अधिकृतमा नाम निकाल्यो । २ बर्षको अध्ययन छात्रबृतीपाएर जापान गयो । एमबिएस,एमपिए,एमबिए र एलएलबि गर्‍यो र मेहनत गरिनै रहेकोछ । अगाडिको केरियरको लागि ।
यो सबैको श्रेय हामी बुबालाई दिन चाहान्छौ । सायद हिलेको त्यो मिठाई दोकानमा बुबालाई मैले बिदेश जान्छु भन्दा ठिकै छ जाउनत राम्रो मेनपावर बिश्वासिलो एजेन्ट खोज अथवा वल्लो पल्लो तल्लो माथ्लो कसैलाई भिजा पठाईदिनु भन भन्नु भएको भए सायद जिवनले फरक मोड अवश्य लिन्थ्यो ।त्यसैले बुबाको सोच चेतना र सपनालेनै आज हामी यहा छौ ।बिदेशिने कतिको बाध्यता होला कतिपयका रहर पनी छन कति पारिबारिक दवाब र प्रभाबमा पनी बिदेशिने छन । म कामना गर्दछु जो बाध्यताले बिदेशिएका छन तिनलाई नेपालमै रोजगारीको बाताबरण बनोस । जो आफ्ना खेतबारी बन्जर बनाएर बिदेशिदै छन तिनलाई हाम्रै बुबाले जस्तो सबैका बुबाले संघर्ष गर्न प्रेरित गरुन । माया गरुन बिश्वास गरुन साथ दिउन ।

कुशे औषी बुबाको मुख हेर्ने दिनको सबैमा हार्दिक शुभकामना ।

९५ बर्षको उमेरमा पनी चिटिक्क परेर दौरा सुरुवाल स्टकोट ढाका टोपी कम्मरमा सेतो पटुका बाधेर खुकुरी भिर्ने अनी गिजा देखाएर मुसुक्क हास्ने हाम्रा स्वर्गिय हजुरबुबा समेतलाई सम्झदै श्रद्धासुमन अर्पण गर्दछु ।

यो लेखिरहदा म बारम्बार सम्झिरहेको छु ।मेरा प्यारा साथिहरु किशोर राज अधिकारी, सुनिल न्यौपाने, बिनोद पौडेल, उपेन्द्र नेपाल, गौरब कार्की, राजु राई, चन्द्रे भन्यो भने रिसाउछ चन्द्रमणी चौलागाई ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।