दसैँका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

काठमाडौँ, ८ असोज । यस वर्षको बडादसँैमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।

यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ । कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसँैअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ । ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ ।(रासस)

दाङबाट ४३ सय क्विन्टल जडीबुटी निकासी
घोराही, ८ असोज (रासस) ः दाङबाट एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार नौ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको छ ।

जिल्लाबाट चार हजार तीन सय ८९ दशमलव पाँच क्विन्टल जडीबुटी निकासी हुँदा धेरै टिमुर निकासी भएको छ । राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो गरी जम्मा दुई लाख ४१ हजार सात सय ४२ किलो टिमुर निकासी भएको डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी सङ्कलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी सङ्कलनको राजस्व पूर्णरुपमा छुट गरिएको छ ।

निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो ।

राष्ट्रिय वनबाट १५ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएकामा निजी वनबाट १३ जडीबुटी सङ्कलनको अनुमति दिइएको थियो । राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार ५५०, रिठागेडी १६ हजार, मालागेडी १४ हजार ५००, तेजपात सात हजार, अमला तीन हजार, बर्रो एक हजार ५००, लहरे गुर्जो दुई हजार ५००, ब्राह्मी एक हजार र चुत्रो दुई हजार किलो निकासी हुँदा छ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जानकारी दिएको छ ।

निजी वनबाट सबैभन्दा धेरै टिमुर निकासी भएको छ । जसअनुसार टिमुर दुई लाख १२ हजार एक सय ९२, मालागेडी ५५ हजार २००, रिठा ३२ हजार १०, काउलो बोक्रा २९ हजार, दालचिनी बोक्रा २७ हजार ४००, तेजपात १८ हजार एक सय, फलखोटो दुई हजार, पाषणवेद एक हजार ६००, तिगेडी, कालिकाठ र चुत्रो एक÷एक हजार, अमलवेद छ सय ५० र चिराइतो दुई सय ५० किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । केही वर्षयता जिल्लाबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको डिभिजन वन कार्यालय दाङका सूचनाअधिकारी खिमबहादुर केसीले बताउनुभयो ।

जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्न गतवर्षदेखि जडीबुटी खेती गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको सहायक वन अधिकृतसमेत रहनुभएका सूचनाअधिकारी केसीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा रोपिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।