गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता

राजु चापागाई/कावासोती, १० असोज । देवचुली–१५ कि सीतादेवी पौडेल अहिले ६० वर्षको हुनुभयो । उहाँको जीवनकालमा ५० वटाभन्दा धेरै दसँैको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०÷१२ वटा दसैँ भने सीतादेवीलाई दसैँै जस्तो लागेको छैन । करिब १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लितपोत गर्नु त परैजाओस् तिनलाई देख्नसमेत नपाएको उहाँ बताउनुहुन्छ ।

“जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा पहेंलै अघिदेखिनै पहँेलो र रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दसैँै आए झैँ लाग्थ्यो तर अहिले सुख भए पनि दसैँै जस्तो लाग्दैन”, सीतादेवीको भनाइ छ । उहाँजस्तै रातो माटो र कमेरोले पोतेका घर नदेख्दा ७० काट्नुभएकी हुप्सेकोट–३ कि खगिसरा काफ्ले पनि आजकलको दसैँै खल्लो लाग्ने गरेको बताउनुहुन्छ । “जमानाअनुसार चल्नैपर्ने केके हो केके रङ लगाएर घर त रङ्ग्याइन्छ तर रातो माटो र कमेरो जस्तो हुँदोरहेनछ”, उहाँ भन्नुहुन्छ ।

विगतमा दसैँैँ र तिहारका समयमा रातोमाटो र कमेरोले घर रङ्ग्याउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो । पितृपक्ष सकिएलगत्तै घटस्थापनादेखि दसैँै सुरु हुन्छ । दसैँै सुरु हुनासाथ सबैभन्दा पहिले आफ्नो घर, आँगन सफा गर्ने तथा रङरोगन गर्ने चलन थियो । घटस्थापनाका दिन जमरा राख्नुपूर्व घरलाई रातो माटो र कमेरोले चिटिक्क पारेर लितपोत गरी घरलाई चोखो पारेर जमरा राख्ने गरिन्थ्यो तर पछिल्ला केही वर्षयता गाउँ घरतिर पनि कङ्क्रिट तथा सिमेन्टको घर बन्नेक्रम बढेपछि रातो माटो र कमेरोले लिपेका घर देख्न छोडेको छ ।

केही वर्ष पहिले महाराजा सामुदायिक वनमा रहेको रातो माटोको डाँडामा दसैँै आउनु अगाडिदेखि नै रातो माटो लिन आउनेको भीड लाग्थ्यो तर पछिल्ला केही वर्षदेखि रातो माटो लिन आउने मान्छे औँलामा गन्न सकिने पुगेका सामुदायिक वनका हेरालु गणेश चन्द बताउनुुहुन्छ । आधुनिकता सँगसँगै विकासको लहर गाउँमा पसेपछि रातो माटो र कमेरोले लिपेका घर आजकल निक्कै कम देखिन्छन् । कङ्क्रिट र सिमेन्टको घरमा बजारबाट कृत्रिम रङ ल्याएर घर रङ्ग्याउने चलन बढेसँगै रातो माटो र कमेराले घर पोत्ने चलन हराउदै जान लागेको पण्डित रिमप्रसाद आचार्य बताउनुहुन्छ । कुनै बेला दसैँै आउनु पहिलै रातो माटोले घर लितपोत गरेर चिटिक्क पार्ने, बाबियोको डोरीको लिङ्गे पिङ बनाउने, सबै मिलेर गाउँका बाटाघाटा र मठमन्दिर सफाइ गर्ने गरिन्थ्यो तर आजकाल आधुनिकताका नाम यस्ता चलन हराउँदै गएको र समाज साघुँरिदै गएको उहाँको भनाइ छ ।

“केही वर्षअघि घरमा रातो माटो र कमेरोले लितपोत गर्नु दसैँैँ तिहारसँगै जोएिको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो”, पण्डित आचार्य भन्नुहुन्छ, “आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।” त्यति मात्रै होइन दसैँै आएसँगै दसैँैका लागि आवश्यक चिउरा, चामल, तेल गाउँकै ढिँकी, जाँतो र कोलमा कुटानीपिसानी गर्ने चलन थियो । बढ्दो आधुनिकता र प्रविधिका कारण गाउँ घरमा अहिले ढिकीजाँतो र कोल पनि हराउँदै गएका छन् । चाडबाडका बेला सुनिने ढिकीजाँतो र कोलको आवाज सुनिन छाडेको छ ।

आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र विकाससँगै दसैँै, तिहारलगायत चाडपर्वको मौलिकता घट्दै गएको छ । दसैँैलगायतका चाडपर्व सुरु हुनु अगाडि रातो माटो, कमेराले घर आँगन लितपोत गरेर रङ्गाउने र लिङ्गेपिङ हाल्ने, चलन हराउँदै जाँदा चाडपर्व खानपान र आधुनिकताको रमाइलोमा मात्रै सीमित हुँदै गएकामा संस्कृतिविद्ले चिन्ता व्यक्त गरेका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।