लोप हुँदै चिउरी पेल्ने कोल

घोराही, १० असोज । दाङको घोराही उपमहानगरपालिका–१३ मौलाकोटका कृष्णबहादुर घर्तीमगरको कुनैबेला प्रमुख आम्दानीको स्रोत चिउरीको तेल पेल्ने थियो । जङ्गलमा फलेका चिउरीका फल सङ्कलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उहाँको परिवारको प्रमुख पेशा थियो । त्यही घ्यु बिक्री गरेर आएको पैसाले घर व्यवहार चलाउने गर्नुहुन्थ्यो ।

पछिल्लो समय गाउँमै बजारबाट तेल र घ्यु पाउने भएपछि चिउरी बाट निकालेको घ्यु पाइन छाडेको छ । परम्परागतरुपमा पेलेर तेल निकाल्दा दुःख धेरै हुने र दुःखअनुसारको आम्दानी नहुने भएपछि काम छोड्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार करिब १० वर्षअघिसम्म मौलाकोटवासीका लागि चिउरीको घ्यु पेल्ने काम प्रमुख आम्दानीको स्रोत थियो तर अहिले अधिकांशले छोडिसकेका छन् ।

मौलाकोटमा उत्पादन भएको चिउरीको घ्यु घोराही, तुलसीपुरलगायतका सहरमा बिक्री गरेर आएको पैसाले चाडपर्व मान्नेदेखि छोराछोरीलाई लत्ताकपडा किन्ने गरेको अनुभव सुनाउनुहुन्छ ।

जङ्गलमा फल्ने फल ल्याउन पैसा नलाग्ने भए पनि मेहनत धेरै लाग्ने भएका कारण पछिल्लो समय अधिकांश मानिसले चिउरीको फलबाट घ्यु निकाल्ने पेसा छोड्दै गएको मौलाकोटकै वीरबहादुर घर्तीमगर बताउनुहुन्छ । स्वास्थ्यका लागि फाइदाजनक र उत्पादन भएको घ्यु बिक्रीमा समस्या नभए पनि चिउरी पेल्न वैकल्पिक माध्यम नहुँदा नयाँपुस्ताले ध्यान नदिएको उहाँ बताउनुहुन्छ ।

स्थानीयका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ ।

चिउरीको दाना पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर घ्यु निकाल्ने गरिँदै आएको वीरबहादुर बताउनुहुन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।