दसैं छोडेर अलैंची टिप्न र सुकाउन ब्यस्त अलैंची किसान

लमजुङ, १९ असोज । दसैं मनाउन छोडेर लमजुङका अलैंची किसान अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा ब्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ ।

असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरुले तिहार अगावै सबै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा पुर्‍याउने योजना बनाएका छन् । गाउँमा अलैंची खेती हुन थालेपछि उनीहरुले दसैं मान्न छोडेका छन् । ‘यसपटकको दसैं पनि अलैंची बगान र भट्टीमा बित्ने भो ।’ अलैंची किसान आइतराम तामाङ बताउछन् । अलैंची पाकिसकेकाले सवै किसान अलैंची बारी र भट्टीमा रहेको उनले बताए । पाकिसकेको अलैंची समयमा टिपिएन भने बिस्तारै ढुसी बढ्ने उनको भनाइ छ ।

छिनखोलामा ५५ घर छन् । अहिले सबै घरमा मानिसको बसोबास छ । विकट ठाउँ भएकाले शिक्षा, स्वास्थ्य लगायत विकासको अभावमा बसाइँसराई हुँदा गाउँ रित्तिएको थियो । ‘यति ठूलो गाउँ भए पनि सवै बसाई सरेर १५ घरमा झरेको थियो’ अगुवा कृषक लालबहादुर तामाङले भने, ‘अहिले त सबै गाउँ फर्केका छन् । सबैले अलैंची खेती गरेका छन् । रमाइलो भइरहेको छ ।’

युवा कृषक बलराम लामाका अनुसार अलैंचीले गर्दा युवाहरु विदेश जानबाट रोकिएको छ । विदेश गएकाहरु पनि गाउँ फर्केर अलैंची खेतीमा लागेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।