तिहारसँंगै भक्तपुरमा खाद्य पसल अनुगमन

भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा साद्य पसल अनुगमन गरियो ।

अनुगमनमा म्याद नाघेको समानहरु खुद्रा मुल्य अठ्ठाईस हजार रुपैंया बराबरको समान नष्ट गरेको संयोजक गोराले बताए ।

अनुगमनमा फेमिली मिनि स्टोर २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल संचालन गरेकोले पसल दर्ता गर्न निर्देशन दिई प्याकेजिग सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्री वितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न संवन्धितलाई निर्देशन दिईएको छ । अनुगमनमा परेका पसलहरुलाई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा श्यानिटेशका नगर निरीषक दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भैरब रावट, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।