मरुभूमिको खेतीप्रणाली देखेका वडाध्यक्षले सुरु गरे व्यवसाय

चौतारा, २९ असोज । साउदी अरबको मरूभूमिमा २६ महिना बिताउनुभएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ का वडाअध्यक्ष क्षेत्रबहादुर तामाङले त्यहाँ कृषिमा प्रयोग गर्न सकिने प्रविधिको बारेमा जानकारी लिनुभयो । त्यहाँको कृषि फार्ममा काम गर्दागर्दै उहाँमा एउटा सोच पलायो, “मरूभूमिमा यस्तो व्यवसाय चल्छ भने नेपालको माटोमा किन गर्न सकिँदैन ।”

यही अठोटपछि उहाँ विदेश जानुभएन । बरु आफ्नो २५ रोपनी जग्गामा कृषिका काम थाल्नुभयो । विदेशमा सिकेको ज्ञान र सीप आफ्नो कृषि कार्यमा लगाउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीय उत्पादनको जगेर्ना गर्दै विदेशी बिरूवाको परीक्षण गर्ने उद्देश्यले फार्म स्थापना गरेको छु ।”
कफी नर्सरीबाट सुरु भएको उहाँको बिलुवा अर्गानिक कृषि फार्म तथा अलैँंची नर्सरीमा अहिले ५० भन्दा बढी जातका बिरुवा हुर्किरहेका छन् । अलैँंचीको बिरुवा, गोलभेडा, आलुलगायत तरकारीको व्यावसायिक उत्पादन गरिसक्नुभएका तामाङले जापानी स्याउ, सुन्तला, कागती, अनार, एभोकार्डोलगायतका बिरुवा परीक्षणका लागि लगाउनुभएको छ । उहाँलाई नर्वेका एक प्राविधिकले अर्गानिक बिरुवा पठाउने गर्नुभएको छ ।

“कुन जातको बाली बढी फस्टाउँछ, त्यसैलाई व्यावसायिक रूपमा सुरू गर्ने उद्देश्यले सबै खाले बाली परीक्षणका लागि लगाएको छु”, तामाङ भन्नुहुन्छ । यसलाई जिल्लामै उत्कृष्ट कृषि प्रयोगशालाको रूपमा पनि विकास गर्ने सोच तामाङको छ । तामाङले चिलिबाट झिकाएको ‘मङ्की पजल’ र विलोभा जातको बिरुवा लगाउनुभएको छ । कृषि प्राविधिकका अनुसार यो बिरूवालाई बालीमा औषधिको रूपमा प्रयोग गरिन्छ । गाउँमा हाईब्रिड बाली बढ्दै गएपछि उहाँले परम्परागत बीउको संरक्षण पनि गर्न थाल्नुभएको छ । “स्थानीय उत्पादन जोगाउनु पनि यो फार्मको लक्ष्य हो”, तामाङले भन्नुभयो । विदेश गएका युवालाई मेहनत गरे यहीँ माटोमा सुन फलाउन सकिन्छ भन्ने सन्देश दिन चाहेको तामाङ बताउनुहुन्छ । विदेशबाट कमाएर ल्याएको केही रकमबाट सुरू गरेको उहाँको फार्ममा अहिलेसम्म १९ लाख रूपैयाँभन्दा वढी लगानी भइसकेको छ ।

परीक्षणमा रोपिएका बाहेक अन्य बालीले उत्पादन दिन थालेपछि उहाँ झन् उत्साहित हुनुभएको छ । आफूसँग भएको रकमले अपुग भएपछि आफन्तसँग ऋण लिएर लगानी गर्नुभएका तामाङलाई घाटा पर्छ भन्ने शङ्कासम्म छैन । दिनभर वडा कार्यालयमा अध्यक्षको कार्यभार सम्हालेर बाँकी समय फार्ममा दिनुहुने तामाङलाई सुरूमा गाउँलेले लगानी डुवाउँछ भनेर टिप्पणी गरेको उहाँ सम्झनुहुन्छ । स्थानीयवासी विनोद तामाङ अहिले उहाँको कृषि फार्म देखेर अरू पनि आकर्षित भएको बताउनुहुन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।