फेरियो रानाथारूको तिहार मनाउने शैली

दोधारा चाँदनी, १० कात्तिक । रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन”, उहाँले भन्नुभयो, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो, अहिले अरूलाई देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।” रानाका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको ज्येष्ठ महिलाले भगवानको पूजा गर्ने चलन छ ।

“हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ, यस दिन कुखुराको बलि दिने गरिन्छ”, रानाले भन्नुभयो, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ ।”
रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन ।” उहाँले भन्नुभयो, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।” उहाँका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ ।

“हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उहाँले भन्नुभयो, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ ।”

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटाका साहेब रानाले भाइटीका पछिल्लो केही वर्षयता अरुको देखेर लगाउन थालेको बताउनुभयो । “हाम्रो परम्पराअनुसार त तिहारलाई दिवारीका रूपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो”, उहाँले भन्नुभयो, “गीतमा सुख, शान्ति आओस्, घरबाट राक्षस बाहिर जाओस् भन्ने हुन्छ ।”

अहिले परम्परागत गीत छाडेर आधुनिक गीत गाउन थालिएको उहाँले बताउनुभयो । “एक महिना अघिदेखि नै घर लिपपोत गरेर सजाउने र राक्षसको नास होस् भनी घरको ज्येष्ठ महिलाले भगवान्को पूजा गर्ने चलन छ”, रानाले भन्नुभयो, “दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ ।” पूजापाठ सकेपछि भाले कुखुरा काटेर खाने चलन रहेको उहाँले बताउनुभयो । यसबाहेक विभिन्न परिकारसमेत बनाउने गरिन्छ ।

बेदकोट नगरपालिका–७ का बलबहादुर डगौराले पहिला थारू समुदायले तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन नभएको बताउनुभयो । “पुर्खाको पालामा भगवान्को मात्रै पूजा गर्ने चलन थियो, अहिले अरुको देखेर भाइटीका लगाउन थाले”, उहाँले भन्नुभयो, “राना समुदायमा कुखुराको बलि दिने चलन छ थारू समुदायमा बलि दिइँदैन, पूजामात्रै गरिन्छ ।”

बदलिँदो परिवेशसँगै हरेक समुदायका पर्वहरू मनाउने चलनसमेत फेरिन थालेका छन् । पण्डित कविराज भट्ट बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वमा समेत त्यसको असर देखिन थालेको बताउनुहुन्छ । “प्रविधिका कारण हरेक सुमदायका पर्व परम्परागतभन्दा पनि मिश्रित हुन थालेका छन्”, उहाँले भन्नुभयो, “पर्वका सांस्कृतिक र मौलिक पक्षको बेवास्ता गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै मनाउन थालिएको छ ।”

हरेक समुदायले आफ्ना मौलिक पर्वको सांस्कृतिक र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको भट्टले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।