परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी

रामपुर (पाल्पा), १० कात्तिक । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।

पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै हुनुहुन्छ । उहाँ तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा हुनुहुन्छ ।

पहिलादेखि नै चलिआएको परम्परा हिजोआज हराउन पुग्दा पूरानो संस्कार ंसंस्कृतिलाई अवलम्वन गर्दै नयाँ पुस्तामा जानकारी गराउन धान खुवाउने कार्यक्रम गरेको ज्येष्ठ नागरिक पराजुली बताउनुहुन्छ । उहाँले करिव तीन रोपनी जग्गामा लगाइएको धान काटेर गौशालमा रहेका १३५ गाईलाइ खुवाउनुभएको छ ।

“हाम्रा पालामा तिहारमा गाईलाई खुवाउन भनेर खेतमा छुट्टै धान रोपिन्थ्यो, हिजोआज त यस्तो चलन कतै छैन, हराउँदै गयो, नातीनातीनालाई घरमा सुनाउँदा आश्चर्य मान्छन्,” पराजुलीले भन्नुभयो,–“नयाँ पुस्ताले पूरानो चलन पनि सिकुन् भन्नका लागि गौशालामा म आफै पुगेर गाईलाई धान खुवाएपछि आत्मसन्तुष्टि मिलेको छ” ।

परिवार, आफन्त, स्थानीयको साथमा पूजाआजा गरी गाईलाई हरियो धान, चोकर, दाना, सातु खुवाउन पाउँदा आनन्द लागेको उहाँले बताउनुभयो । आश्चर्य मान्दै धान खुवाउने कार्यक्रममा आफन्त, छरछिमेकको उत्साहजनक सहभागीता रहेको थियो ।

वैदिक परम्परा अनुसार गौमातालाई खुशी बनाउन मुख्य खेती धान खुवाएमा सबै देवीदेवता खुशी हुने, गाईको अङ्गमा ३३ कोटी देवताले बास गर्ने भन्ने धार्मिक कथन छ । गौमातालाई खुशी पार्न तिहारका बेला झुल्दै गरेको हरियो धान खुवाउने परम्परा रहेको पण्डित दिनानाथ भण्डारी बताउनुहुन्छ ।

“लक्ष्मीका रुपमा पुजिने गाईलाई तिहारमा पूजा गरी खेतमा लगाइएको हरियो धान खुवाउने परम्परा छ”, उहाँले भन्नुभयो,–“यसो गरेमा कामधेनु गाई खुशी हुन्छिन्, हामीले मागेको कुरा पूरा हुने, धन सम्पत्ति, सुख, शान्ति प्राप्ती हुन्छ भन्ने धार्मिक विश्वास छ” ।

पहिला धान फल्दै गरेको खेतमा गाई लगेर खुवाउने चलन थियो । हिजोआज खेतबारीमा अरुका बाली नोक्सान गर्ने भएपछि काटेर गौशालामा लगेर खुवाउने गरिएको पण्डित भण्डारीले बताउनुभयो । यसरी हरियो धान काटेर तिहारमा खुवाउने पूरानो परम्परा भने गाउँघरमा हराइसकेको छ । यो परम्परा देखेर नयाँ पुस्तालाई अनौठो लाग्दछ । यस कार्यले गाउँघरमा हराउँदै गएको पूरानो संस्कृती ब्युताउने र अबका सन्ततीले केही नयाँ कुरा सिक्ने अवसर पाएको रामपुरका पाका पत्रकार वासुदेव ढकाल बताउनुहुन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।