तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

पोखरिया, १२ कात्तिक । छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो ।

छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरुको भिड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मूला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिड बजारमा देख्न सकिन्छ ।

छठ पूजामा आकर्षक सजावटका लागि नेपालमै सबैभन्दा बढी चर्चामा रहँदै आएको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको व्यवस्थापन र सजावटको काम तीव्र गतिमा भइरहेको छ ।

साथै, व्रतालुहरु छठका लागि बाँसको नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरालगायत फलफूल, उखु, भोगटे, कागती, सखरलगायतका पूजा सामग्री खरिदमा व्यस्त देखिएका छन् ।

त्यस्तै छठ पूजामा नयाँ कपडा लाउनुपर्ने भएकाले कपडा पसलहरुमा पनि उत्तिकै भिड हुने गरेको छ । छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ९आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लीन भएर जुटेका छन् । मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन् । स्थानीय एफएम रेडियोहरुसमेत छठका गीतले गुञ्जायमान छन् भने बजारलाई छठका सामग्रीहरुले भरिभराउ छ ।

करिब एक महिना अगावै माछा, मासु खान छाडेका महिलाहरु हिजो शुक्रबार लसुन र प्याज बिना खाना खाएका छन् । उनीहरुले आज रहरको दाल, लौका र भात खान्छन् ।

छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाई तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको वीरगञ्जको सञ्जु देवीले बताउनुभयो । छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गरेको संस्कृविविद् उमाशङ्कर द्विवेदीले बताउनुभयो ।

तराईका जिल्लाहरुमा हिन्दू धर्ममा वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिए पनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रुपले पूजा गरिन्छ । छठ पर्वमा विशेषगरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने कुरा सबैभन्दा विशेष र महत्वपूर्ण हुने गरेको संस्कृतिविद् उमाशङ्कर द्विवेदीको भनाइ छ ।

आफ्नो परिवारको खुसीका लागि यो पर्वमा महिलाहरुले व्रत लिने गरेका छन् । आफूले चाहेको आशीर्वाद छठीमाताले पूरा गरी दिने विश्वासका कारण व्रत बसेको वीरगञ्ज कुम्हाल टोलकी उमावती थापाले बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।