स्वर्ण पदक विजेता बुढालाई एसिया इन्टरनेसनल स्कुलकाे सम्मान

जुम्ला, १७ कात्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कीर्तिमानी धावक दुर्गबहादुर बुढालाई एसिया इन्टरनेसनल बोर्डिङ स्कुल जुम्लाले सम्मान गरेको छ । खेलाडीलाई उत्साहित र हौसला बढाउन सम्मान गरेकाे हाे ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुँदै गृह जिल्ला जुम्ला आइपुगेका बुढालाई खादा र अबिरले स्वागत तथा सम्मान गरिएको स्कुल सञ्चालक मनोज बुढाथोकी मगरले बताए ।

पोखरामा सञ्चालित राष्ट्रिय खेलकुदकाे तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका बुढा प्रथम भएर स्वर्ण पदक जितेका थिए । उनी कर्णाली प्रदेशकै पहिलो स्वर्ण पदक जितेका समेत हुन् । बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टेबल चेस पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका थिए । कास्कीको पोखरामा सम्पन्न भएको प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गले निर्धारित दूरी आठ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका थिए ।

रोचक बन्दै नवलपुर क्षेत्र नं २ को निर्वाचन
–विष्णु गौडेल/मध्यबिन्दु, (नवलपरासी पूर्व), १७ कात्तिक (रासस) ः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । नवलपरासी पूर्वमा पाँचदलीय गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ ।

जिल्लाको क्षेत्र नं २ को सङ्घीय निर्वाचन चुनावमा २०७४ सालकै निर्वाचनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेबाट तिलक महत उम्मेदवार रहेका छन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनतर्फबाट उम्मेदवार भएका तिलक महत विजयी हुनुभएको छ ।

यसपालीको निर्वाचनमा गठबन्धनको समीकरण फेरिएको छ । गत निर्वाचनको परिणाम उल्ट्याउने दाउमा विष्णुकुमार कार्की चुनावी दौडमा हुनुहुन्छ भने लगातार दोस्रो जीत निकाल्ने कसरतमा तिलक महत हुनुहुन्छ । एमाले एक्लोरुपमा जिल्लामा चुनावी दौडमा रहेकाले पनि पाँचदलीय गठबन्धनको साथले सहज जीत निकाल्ने कांग्रेसको आँकलन छ । अन्य जिल्लामा राप्रपासँग तालमेल गरेको एमाले नवलपरासी पूर्वमा एक्लै निर्वाचनमा उत्रिएको छ । गत स्थाानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा जिल्लाको क्षेत्र नं २ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

नवलपरासीपूर्वको निर्वाचन क्षेत्र नं २ मा कूल ४० वटा वडा छन् । स्थानीय तहको निर्वाचनमा ४० मध्ये एमालेले २२ वटा वडा जितेको थियो । कांग्रेस १६ वटा वडामा विजयी हुँदा राप्रपा र माओवादीले एक÷एक वडा जितेका छन् ।

यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने पाँच स्थानीय तहमध्ये एमालेले चार वटा पालिका जितेको छ भने कांग्रेसले एउटा मात्र पालिका जितेको छ । गत स्थानीय निर्वाचनमा ४० वटा वडामा नेकपा एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत प्राप्त गरेका थिए । कांग्रेसका वडाध्यक्षले ३८ हजार पाँच सय ८७ मत पाएको देखिन्छ । माओवादीका वडाध्यक्षले एक हजार सात सय ४२ मत पाएका थिए भने एकीकृत समाजवादीका वडाध्यक्षले एक सय ६२ मत पाएका थिए । अहिले पाँचदलीय गठबन्धमा रहेका दलका वडाध्यक्षले पाएको कूल मत ४० हजार चार सय ९१ रहेको छ भने एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत पाएको देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा प्रमुखले प्राप्त गरेको मतका आधारमा एमालेका पाँच पालिका प्रमुखले कूल ४१ हजार सात सय १९ मत प्राप्त गरेका छन् भने कांग्रेस र एकीकृत समाजवादीले ४१ हजार पाँच सय४४ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रबाट एक लाख २९ हजार दुई सय ८० जनाले मतदान गर्न पाउनेछन् । यहाँ पुरुष मतदाता ६१ हजार सात सय ४०, महिला मतदाता ६७ हजार पाँच सय ३७ र अन्य मतदाता तीन जना छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।