उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती क’रणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, १५ मंसिर ।  उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती क’रणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका- ४ बर्खे डाँडाका ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खे रहेको प्रहरीले पक्राउ जनाएको छ । 

गत भदौमा ज्ञानबहादुर र सोही ठाउँका ३५ वर्षीय टीकाराम बिसुङ्खेले ती महिलालाई जबरजस्ती क’रणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । हाल फरार रहेका अर्का अभियुक्त टिकारामको खोजी भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ । 

लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’
सिमकोट, १५ मङ्सिर (रासस)ःहिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो ।

केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युत्को विकासका कारण रम्परागत दुनेडी लोप हुँदै गएको सिमकोट–२ ठेहेका शङ्कर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम सिमकोट नजिक पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ ।” बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका धारा र स्वतिकलगायत खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन बन्दै गएका हुन् ।”

हुम्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदैछ । पाँच छ वर्ष पहिले काठले बनाइएको दुनेडीमा विशेषगरी तोरी, ढटेलो, चुली, खाँबु, ओखरलगायत पेलिन्थ्योे तर अहिले यिनको प्रयोग देखिन छोडेको छ । यी फलबाट दुनेडीमा महिलाले दुई हातले पिसेर तेल निकाल्थे । यसैगरी बाठले बनेको तेल राख्ने ठेकीसमेत लोप हुँदै गएको पाइन्छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि स्थानीयवासीले दुनेडीलाई बेवास्ता गर्दै आएको सर्केगाड गाउँपालिका–७ निवासी भक्तबहादुर ऐडीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भनेका बेलामा जहाँ पनि तेल पाइन्छ, दिनभरिको मेहनत लगाएर कसले दुनेडी प्रयोग गर्छन् ? अब तेलका लागि दुनेडी लोप हँुदै गएकामा यहाँका बूढापाका चिन्तित छन् । हुम्लालगायत पहाडी जिल्लामा विशेष अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो घट्न थालेको छ ।

कुनै समय आधाभन्दा बढी समय तेलहन बालीमै बिताउने यहाँका बासिन्दा पछिल्लो समय दुनेडी विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि यो खेती छोडेको चङ्खेली गाउँपालिकाकी अनुरुपा बुढाले बताउनुभयो ।

केही वर्षअघिसम्म यस्ता दुनेडीको प्रयोग प्रत्येकको घरमा हुनेगरेकामा पछिल्लो समय हराउँदै गएको छ । यहाँका केही पुराना बुढापाखाले मात्रै दुडेनी बनाने गरे पनि युवापुस्तामा भने यसलाई बचाइ राख्न रुचि नभएको पाइन्छ । जति मूल्य परे पनि बजारमा पाउने प्याकेटका तेल खरिद गर्न तयार हुने गरेकाले उनीहरुमा यो पेशालाई जोगाइ राख्न जागरुकता नभएको पाइन्छ । अहिले काठले बनाइएको दुनेडी कमैको घरमा मात्रै देखिने गरेकाले युवा पुस्तालाई दुनेडी बनाउनसमेत आउँदैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।