दमकको माटोमा अम्लियनपनको मात्रा धेरै

गौरादह, २१ मङ्सिर (रासस) : झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ ।

दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताउनुभयो । उहाँका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ ।

शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबैजसोमा समस्या देखिएको थियो । शाखा प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्करूपमा कृषि चुनको वितरण गर्ने गरेको बताउनुभयो । दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ ।

माटोको गुणस्तर सुधार र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी गराउनुभयो । उहाँले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेको उल्लेख गर्नुभयो । माटो तथा मल परीक्षण प्रयोगशालाले माटो परीक्षण गर्ने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।