भेटिए मानव निर्मित गुफा

मान्म, १७ पुस (रासस) :कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुको काँडाकोटमा मानव निर्मित गुफा भेटिएका छन् । विगतमा राजाको दरबार रहेको क्षेत्रमा दुई मानव निर्मित गुफा भेटिएका हुन् ।

विगतमा राजाको दरबार भएको क्षेत्रमा करिब ३५ मिटरभन्दा लामा गुफा भेटिएका छन् । ती गुफा राजाले लुक्नका लागि निर्माण गरेको स्थानीयले अनुमान गरेका छन् ।

काँडाकोटमा प्राचीन खस राजाहरुको दरबार रहेको र त्यहाँ युद्ध लड्नका लागि प्रयोग भएका दुई गुफा भेटिएको नरहरिनाथ–८ लालुका शिक्षक नवराज शाहीले बताउनुभयो । “प्राचीनकालमा राजाको दरबार रहेको क्षेत्र हो”, उहाँले भन्नुभयो, “त्यहाँ पुग्दा प्राचीनकालमा मान्छेले खनेका दुई गुफा भेटिएका छन् ।”

काँडाकोट अग्लो क्षेत्रमा रहेको र अहिले त्यहाँ मानव बस्ती छैन । अहिले त्यहाँ दरबारका भग्नावशेष मात्र रहेको नरहरिनाथ–९ का पूर्व वडाध्यक्ष जोरबहादुर शाहीले जानकारी दिनुभयो ।

“काँडाकोटमा राजाको दरबारको भग्नाअवेश देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यहाँ धान कुटने गरेको ओखललगायतका अन्य प्राचीन भग्नावशेष पनि फेला परेका छन् ।” निकै घना जङ्गलको अग्लो डाँडामा दरबारको अवशेष भेटिएको नजिकै चौर, एउटा प्राचीन ढुङ्गा र कुवा पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

मानव निर्मित वस्तु फेला परेका कारणले यसको संरक्षण तथा उत्खनन गरेर यहाँको क्षेत्रका विषयमा अध्ययन गर्न आवश्यक रहेको स्थानीय देवेन्द्रबहादुर शाहीले बताउनुभयो । “विगतको इतिहास अध्ययन गर्न सरकारी तवरबाट नै संरक्षण गर्न आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “यी गुफा र दरबार क्षेत्रको उत्खनन गरेर इतिहासका बारेमा जानकारी लिन सकिन्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।