बिराटनगरमा सवारी दुर्घटना, १ जनाको मृ’त्यु

मोरङ, माघ २९ । मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे बिराटनगर तर्फ आउदै गरेको NL 02 G 8952 नम्बरको फलाम बोकेको टेलर गाडीले बिपरीत दिशा तर्फ जादै गरेको मे. १० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बिराटनगर भंसार कार्यलयमा सेक्युरीटी गार्डमा कार्यरत मेची नगरपालिका-१३ झापाका ४४ बर्षीय राजेन गिरीको घटनास्थलमा नै मृ’त्यु भएको हो ।

घटना स्थलमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षकको टोली खटि मृ’तक लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो पनि…
रु ४५ लाख बराबारको जग्गादान
कञ्चनपुर, २९ माघ (रासस): दाताले उपलब्ध गराएको जग्गामा शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ । रु १३ करोडको लागतमा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको हो ।

शुक्लाफाँटा–९ वडाध्यक्ष रमेश ऐरका अनुसार पहिलो वर्ष खानेपानी आयोजनाको पर्खाल निर्माण गर्न र बोरिङ गाड्नका लागि रु १८–१८ लाख गरी रु ३६ लाख बजेटमा कार्य गरिएको छ । “पाँच वर्षभित्रै निर्माण पूरा हुने खानेपानी आयोजनाबाट छ सय ८० परिवारको घरमा शुद्ध पेयजल पु¥याउने लक्ष्यसहित कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पर्खाल निर्माण र बोरिङ गाड्ने कार्य पूरा भइसकेकाले ट्याङ्की निर्माणको काम सुरु गर्छौँ ।”

साठी हजार लिटरको खानेपानीको आधुनिक तरिकाले ट्याङ्की निर्माण हुने उहाँको भनाइ छ । खानेपानी आयोजनाको कार्य गुणस्तरीयरूपमा गर्नका लागि कटिबद्ध रहेको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर ऐरले बताउनुभयो ।

“ट्याङ्की निर्माणका लागि आवश्यक बजेट माग गर्छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि पाइप लाइनको कार्य अगाडि बढाउँछौँ, पाइप लाइनको कार्य सकिएसँगै धारा जडानकार्य हुन्छ ।” उपभोक्ताको घर–घरमा र सार्वजनिक ठाउँमा धारा जडानकार्य हुने उहाँले बताउनुभयो । शुद्ध पेयजलको व्यवस्था नहुँदा वडाका बासिन्दाले हेण्डमम्पको असुरक्षित खानेपानी प्रयोग गर्दै आएका छन् ।

धेरै उपभोक्ताको हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायतको समस्या रहेको छ । “खानेपानीका लागि पहिला कुवाको प्रयोग हुन्थ्यो”, स्थानीय कर्णबहादुर ऐरले भन्नुभयो, “त्यसपछि हेण्डपम्पको प्रयोग हुन थालेको हो, हेण्डपम्पको पानी सुरक्षित नभए पनि बाध्य भएर पिउँदै आएका छौँ ।” खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढेसँगै शुद्ध पेयजल पिउन पाउनेमा ढुक्क भएको उहाँले बताउनुभयो ।

आयोजना निर्माण हुन थालेपछि निकै खुसी भएको उहाँको भनाइ छ । खानेपानी आयोजना निर्माणका लागि स्थानीय डम्बरबहादुर ऐर, तीर्थबहादुर ऐर र सुनादेवी ऐरले तीन कठ्ठा जग्गा दान गर्नुभएको छ । दान गरिएको जग्गाको मूल्य रु ४५ लाख बढी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।