सिमलका रुखमा काकाकुल चरा

पर्वतको फलेवास जङ्गलमा सिमलको रुखमा बसिरहेको काकाकुल चरा । गाउँघरतिर यसलाई सर्प खाने चरा पनि भन्ने गर्छन् । तस्बिर ः सुमनजङ्ग थापा/रासस

नागरिक सहायता कक्षमा विद्यार्थीको स्वयंसेवा
–सर्जना कार्की/रुकुमपूर्व, १ चैत (रासस): सिस्ने शिक्षा क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्यनरत पूर्णिमा बुढाथोकी बिहान क्याम्पसको अध्ययन सकेर ठीक १० बजे जिल्ला प्रशासन कार्यालयको नागरिक सहायता कक्षमा देखिनुहुन्छ । उहाँ बिहानीको समयमा पढाइ सकाएर कानुनी सहायता कक्षमा गई सेवा गर्नुहुन्छ । जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न काम लिएर पुग्ने सेवाग्राहीलाई समस्या नपरोस् भनेर बुढाथोकीले सहजीकरणको भूमिका खेलिरहनुभएको छ ।

बुढाथोकीसँगै बिएड प्रथम वर्षमा अध्यनरत पवित्रा बुढा पनि बिहानको पढाइ सकाएर दिनभरि नागरिक सहायता कक्षमै गएर प्रशासनमा आउने सेवाग्राहीलाई सेवा दिनुहुन्छ । उहाँहरू दुवै जनाको यो काम एक सातासम्म चलिरहने छ । फेरि अर्को साता यही कक्षमा क्याम्पसका नयाँ दुई अनुहार देखिने छन् ।

विसं २०७९ फागुन १० गते जिल्ला प्रशासन कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरेर सेवा प्रवाहलाई थप सहज बनाउने प्रयास गरेको छ । सिस्ने गाउँपालिका–५ मा अवस्थित जिल्लाको एकमात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पससँगको सहकार्यमा अहिले नागरिक सहायता कक्ष सञ्चालनमा छ । सहायता कक्षमा विद्यार्थीले स्वयंसेवकका रूपमा काम गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा विभिन्न काम लिएर कोही दर्जनौँपटक पुगिसकेका हुन्छन् भने कोही पहिलोपटक पुगेका हुन्छन् । पहिलोपटक प्रशासन कार्यालयसम्म पुगेकालाई कुन कोठामा जाँदा के सेवा पाइन्छ भन्ने थाहा हुँदैन । सेवा लिने क्रममा उनीहरुले प्रक्रिया के हुन्छ भनेर राम्रोसँग बुझेका हुँदैनन् । त्यस्ता नागरिकलाई सेवा प्रक्रिया र कुन कोठामा जाँदा के सेवा पाइन्छ भनेर जानकारी गराउने काम अहिले नागरिक सहायता कक्षबाट भइरहेको छ । यसबाट सेवाग्राहीलाई धेरै सहज भएको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का रमन विकले नागरिक सहायता कक्ष र यसबाट नागरिकलाई पर्न गएको सुविधाको मात्र नभई पछिल्लो समयमा फेरिएको जिल्ला प्रशासन कार्यालयको स्वरुप र यहाँको नेतृत्वको प्रशंसा गर्नुभयो । नागरिक सहायता कक्षबाट सेवा प्रवाह हुन थालेपछि विभिन्न कामका लागि प्रशासन कार्यालयसम्म पुग्नेलाई सहज भएको विकको भनाइ छ ।

अर्का सेवाग्राही शर्मिला बुढामगरले हातमा कागजात समाएर यो सिफारिस लिएर कहाँ जाने हो भनेर सोध्दै गर्दा कार्यालय परिसरमै भएको एक जनाले नागरिक सहायता कक्षमा जानु भनेर सिकाउनुभयो । भूमे गाउँपालिका–१ का वडाध्यक्ष मनकाजी पुनले नागरिक सहायता कक्षले अलमलमा परेका नागरिकलाई सिकाइदिने र यसले उनीहरुको समय बचत हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “जिल्ला प्रशासनमा राम्रो कामको सुरुआत भएको छ । यसले पछिसम्म निरन्तरता पाए धेरै सहज हुने छ ।”

“प्रत्येक दिनमा राहदानी, नागरिकता र परिचयपत्र बनाउन आउनेको भीड हुन्छ”, बुढाथोकीले भन्नुभयो, “कोही फारम नै भर्न नजानेका हुन्छन् त कोतिपय कुन कोठामा जाँदा के सेवा पाइन्छ भनेर थाहाँ नपाइ अलमलमा परेर बाहिरै बसिरहेका हुन्छन् ।” त्यस्ता सेवाग्राहीको फारम भरिदिने, नपुगेको प्रक्रियालाई सुल्झाइदिने र कोठा बताइदिनेसँगै दिनभरि आउने सेवाग्राहीको विवरण सङ्कलन गर्नेलगायत काम गर्ने गरेको उहाँको भनाइ छ । यसरी क्याम्पसको विद्यार्थी भएर नागरिक सहायता कक्षमा बसी स्वयंसेवा गर्न पाउँदा खुसी लागेको उहाँ सुनाउनुहुन्छ ।

अर्का विद्यार्थी पवित्रा बुढा भन्नुहुन्छ, “स्वयंसेवकको रूपमा प्रशासनका काम गर्न पाउँदा खुसी त छौ नै । हामीलाई पनि सार्वजनिक सेवा प्रवाहका बारेमा ज्ञान र अनुभव बटुल्ने अवसर बनेको छ । यो अनुभव र ज्ञानले आउँदा दिनमा सहयोग पुग्नेछ ।” उहाँहरू दुई जनाको भन्दा फरक भनाइ नागरिक सहायकता कक्षमा बसेर सेवा दिनुभएका अन्य विद्यार्थीको छैन ।

नागरिक सहायता कक्ष स्थापना गरेर सेवा दिन थालेपछि जिल्ला प्रशासन कार्यालय आफैँलाई पनि आफूले दिने सेवामा केही सहजता थपिएको महसुस गरेको छ । सहायता कक्षमा बसेका विद्यार्थीले प्रशासनसम्म आएर अलमलमा परेका सेवाग्राहीलाई डो¥याएरै कार्यकक्षसम्म पु¥याइदिने गरेको राष्ट्रिय परिचयपत्र शाखाकी कम्युटर अपरेटर निकिता मल्ल गौतमले बताउनुभयो । कर्मचारीहरू सबै अफिसमा सेवाग्राहीकै काममा व्यस्त हुने हँुदा बाहिर आएर घण्टौँ कुर्ने गरेका र केही प्रक्रिया पूरा नगरी आएका सेवाग्राहीलाई सेवामा सहजताका लागि स्वयंसेवकको रूपमा काम गरिरहेका विद्यार्थीले धेरै राम्रोसँग सहजीकरण गरिरहेको उहाँले प्रतिक्रिया दिनुभयो ।

फागनु १० गतेबाटै सिस्ने शिक्षा क्याम्पसका विद्यार्थी प्रत्येक सातामा दुई–दुई जना गरी नागरिक सहायता कक्षमा गई सेवा प्रवाह गरिरहेका छन् । क्याम्पसका प्रमुख तीव्र गौतमले यसरी स्वयंसेवकका रूपमा काम गर्न विद्यार्थी निकै उत्साहित भएको बताउनुभएको छ । पहिलो चरणमा नागरिक सहायता कक्षमा स्वयमसेवाका लागि ५० विद्यार्थी खटाउन सक्ने उहाँको भनाइ छ । यसरी जिल्ला प्रशासनसँग प्रत्यक्षरूपमा सहकार्य गर्न पाउँदा क्याम्पसको समुदायसँगको सम्बन्ध पनि विस्तार हुँदै गएको क्याम्पस प्रमुख गौतमले बताउनुभयो ।

पहिला जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता कक्ष भए पनि नामको मात्र थियो । अहिले काम पनि सुरु भएसँगै सेवाग्राहीलाई धेरै सहज भएको प्रतिक्रिया नागरिकस्तरबाट आउन थालेको छ । प्रशासनै भएका कर्मचारीलाई सहायता कक्षमा खटाउँदा काम भ्याइनभ्याइ हुने भएको हुँदा क्याम्पससँगको सहकार्यमा सहायता कक्ष सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । उहाँका अनुसार साक्षर व्यक्तिका लागि शाखा छुट्याउने गरी साइनबोर्ड राखिएको छ भने लेखेको कुरा पढ्न नसक्नेलाई सोधपुछका लागि नागरिक सहायता कक्षले ठूलो सहयोग गरेको छ ।

“सहायता कक्षले प्रशासनको सेवालाई थप प्रभावकारी बनाएको छ”, प्रमुख जिल्ला अधिकारी सुनुवारले भन्नुभयो, “विद्यार्थी पनि सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्षरूपमा जोडिएर काम गर्न र नयाँ कुराको अभ्यास गर्न पाएका छन् ।” यसरी थालिएको नयाँ अभ्यासले धेरै नागरिकलाई सहज हुने अपेक्षा लिएको उहाँको भनाइ छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।